एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ । गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका हुन् ।
प्रस्तावमा ट्रम्पमाथि हिंसा भड्काएको र आक्रमणका लागि प्रोत्साहित गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ । आगामी जनवरी २० मा स्वतः पदमुक्त हुने भएपनि एक सातामात्रै पदमा रहँदा पनि ट्रम्पले थप तनाव दिनसक्ने अनुमान गर्दै त्यसअघि नै पदबाट हटाउन महाअभियोग लगाइएको हो । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटिक पार्टीको बहुमत छ ।
ट्रम्पकै रिपब्लिकन पार्टीका केही सांसदले पनि महाअभियोग प्रस्तावकै पक्षमा मतदान गर्न सक्ने अनुमान गरिएको छ । पहिलो पटक लगाइएको महाअभियोग प्रस्ताव टुंगो लाग्न महिनौ लागेको थियो । यसपटक समय कम भएकाले तत्काल यसमाथि बहस र मतदान गरी टुंगो लगाउनुपर्नेछ । अमेरिकी संविधान अनुसार राष्ट्रपतिलाई दोषी ठहर गर्न र पदबाट हटाउनका लागि माथिल्लो सदन सिनेटको दुई तिहाइ मत आवश्यक पर्छ ।
सिनेटमा रिपब्लिकन पार्टीकै बहुमत रहेकाले दुई तिहाइ मत पुग्न बहुसंख्यक रिपब्लिकन सांसदले पनि प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने हुन्छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आगामी जनवरी २१ बाट पदभार सम्हाल्ने भएकाले समय कम भएको भन्दै कतिपय सांसदले महाअभियोग टुंगोमा पुग्नेमा आशंका व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु