काठमाडौं, २५ फागुन / जनसंख्या तथा वातावरण मन्त्रीको रुपमा रहेपनि मन्त्रालय घटेसँगै जनसंख्या र वातावरण छुट्टिएको र यी मन्त्रालय पनि एमाले र माओवादीको भागमा परेकाले अब एमाले भागमा परेको जनसंख्यासँगै स्वास्थ्य रहेकाले मन्त्री लालबाबु पण्डित स्वास्थ्य मन्त्री बन्न सक्छन् । उनैले स्वास्थ्य क्षेत्रमा रहेको विसंगतिका बारेमा जनचाहनाबारे मुख खोलेका छन् ।
आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने र बोलेको कुरा गरेरै देखाउने मन्त्रीको पहिचान बनाएका लालबाबु पण्डितले आज एक महत्वपूर्ण जानकारी दिएका छन् । मन्त्रिपरिषद्का चर्चित र वरिष्ठ सदस्य पण्डितले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिँदै यससम्बन्धी सरकारको तयारीबारे खुलासा गरेका हुन् ।
भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढावा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आफूले चाँडै नै मन्त्रिणपरिषदमा एक प्रस्ताव प्रस्तुत गर्ने घोषणा पनि उनले गरेका छन् ।
मातृशिशु समाज नेपालको द्विदिवसीय एघारौ सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै जनसंख्या तथा वातावरण मन्त्री पण्डितले नेपालका सबै तह र तप्काका नागरिकले स्वदेशमै उपचार गर्ने प्रण गर्ने निजी क्षेत्रलाई निषेध होइन प्रवद्र्धन तथा देशलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सा सेवाको केन्द्रविन्दुका रुपमा स्थापित गर्ने प्रस्ताव पेश गर्ने जानकारी दिए ।
सुधारका योजना दीर्घकालीन दृष्टिकोण, नवीनतायुक्त प्रस्ताव र सुझाव सरकारलाई प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै मन्त्री पण्डितले भने, ‘सरकारी अस्पतालबाट भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ ।’ समृद्धितर्फ लम्कने राष्ट्रिय अठोट पूरा गर्न समाजका सबै वर्गबाट सहयोग हुनुपर्ने वास्तविकता औल्याउँदै उनले अबदेखि भ्रूणको लिंग पहिचान नगर्ने प्रतिबद्धता पनि चिकित्सकहरुबाट व्यक्त हुनैपर्ने जिकीर गरे ।

समाजका अध्यक्ष प्राडा मणिन्द्र रञ्जन बरालले मातृशिशु कक्ष देशका सबै अस्पतालमा व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै मातृशिशुको उचित संरक्षण नगरेसम्म कुनै पनि राष्ट्रको भविष्य सुनिश्चि नहुने यथार्थ सुनाए । उनले गर्भवती र नवजात शिशुको स्वास्थ्य सेवामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए ।
सम्मेलनमा मातृशिशु स्वास्थ्यको क्षेत्रमा चिकित्सा क्षेत्रमा भएका नवीनतम् उपलव्धि, नेपाली माता र शिशुले जन्मपछिका बाल्य अवस्थामा झेल्नुपरेका समस्या लगायत विषयमा गहन विचार विमर्श हुनेछ ।

तस्विरः मन्त्री स्वकिय सचिव ओसिम आलम
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन