पर्वत, १ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले न्यायालयलाई दबाब दिन नहुने बताएका छन् । ‘न्यायालयलाई यसो गर, उसो नगर भनेर दबाब दिन हुँदैन, उनले भने, अदालतले विवेक प्रयोग गर्नेे नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुँदैन ।’
न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्वामा काँग्रेसले पनि कुनै दबाब नदिने स्पष्ट पारे । सभापति देउवाले प्रतिनिधिसभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा आफूलाई विश्वास नलागेको उल्लेख गरे ।
पर्वतको शंकरपोखरीमा शहिद हरिदत्त तिवारी स्मृति भवन उद्घाटन गर्दै उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले जनअपेक्षा अनुसार ओली सरकारले काम नगरेको आरोप लगाए । उनले आफूलाई भेट्न बुधबार साँझ नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय आएको बताए ।
सभापति देउवाले नेकपा २ भागमा विभाजित जस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने संकेत गरे । उनले प्रहरी तथा कर्मचारीले गाउँगाउँका काँग्रेस कार्यकर्तालाई दुःख दिने गरेको भन्दै आलोचना गरे । उनले पार्टीलाई बलियो बनाउँदै देश विकासमा लाग्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस नेता गोपालमान श्रेष्ठले शहिद तिवारीको योगदानबाट सिक्नुपर्ने उल्लेख गरे । केन्द्रीय सदस्य अर्जुन जोशीले आफूलाई पदको लोभ नभएको भन्दै पार्टीलाई शशक्त बनाउनु आफ्नो प्राथमिकता भएको बताए ।
शहिद हरिदत्त तिवारीको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा २ तले भवन निर्माण गरेको प्रतिष्ठानका मुख्य संरक्षक, काँग्रेस महासमिति सदस्य एवं केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारीले जानकारी दिए ।
०६० साल माघ १ गते शशस्त्र माओवादी समूहले नेपाली काँग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेको अवस्थामा हरिदत्तको हत्या गरेको थियो ।
सम्बन्धित खबर
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
एमाले गण्डकीको विज्ञप्तिप्रति पर्वत जिल्ला कमिटीको आपत्ति
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान