पोखराबाट बिराटनगर बोलाएर फोटोग्राफी सम्बन्धी सामान चोरी गर्ने दुई जना झापाका युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । फोटोग्राफीका लागि पोखराबाट विमल कार्की र साजन खत्रीलाई मोरङको बुढीगंगामा ‘फेशन शो’ छ भनेर बोलाएर झापा अर्जुन धाराका अनुप ढकालले सामान चोरी गरेका थिए ।
पोखरा २० का कार्कीले योर डिजिटल फोटो गुड्स सेन्टर सञ्चालन गर्दै आएका छन् । पोखरा ९ का खत्री लेकसाइड स्थित रेष्टुरेण्टमा फोटोग्राफर छन् भने गण्डकन्यूजमा पनि आबद्ध छन् । खत्री फेशन एवं पोट्रेट फोटोग्राफरका रुपमा चिनिन्छन् ।
चोरी तथा लुटपाटमा संलग्नले नयाँनयाँ शैली अपनाउने गरेको थाहै छ । यस्तै अनौठो तरिका अपनाएर पोखराका दुई फोटोग्राफर लुटिएका हुन् । ४ हजार पेश्की दिएर बोलाएर, एयरपोर्टमै पुगेर लिएर होटल पुगेपछि उनीहरुले सामान लुटेका हुन् ।
कार्कीलाई ढकालले गत पुष २४ गते इ–सेवाबाट ४ हजार रुपैँया पठाएर क्यामेरासहित आउन भनेपछि कार्की र खत्री २५ गते बुढीगंगा पुगेका थिए । पोखराबाट काठमाण्डौ र काठमाण्डौ बिराटनगर प्लेनमै दुई जना गएका थिए । एयरपोर्टसम्म गाडी लिएर लिन समेत आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार उक्त घटनामा ढकालका सहयोगी २० वर्षीय साराशं भट्टराईलाई पनि पक्राउ गरेको छ । ढकालले कार्की र खत्रीलाई बुढीगंगा १ मा रहेको आर.एन.होटल एण्ड लजको ११४ नम्बर कोठा बुक गरिदिएका थिए । त्यही कोठामा सामान राखेर खाना खाने बहानामा दुई जनालाई इटहरीको प्राइम होटल लगेका थिए । त्यसपछि, होटलको रुममा गएर फर्कन्छु भनेर गएका ढकाल र भट्टराई सबै क्यामेरा, लेन्स लगायतका फोटोग्राफी सम्बन्धी सामान लिएर फरार भएका थिए ।
उजुरी परेपछि अनुपलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट बिहीबार साँझ पक्राउ गरेको हो । प्रहरीले दुवै जनाको साथबाट चोरीका फोटोग्राफी सम्बन्धी क्यामेरा, मेमोरी कार्ड, ड्रोन लगायत १४ प्रकारका सामान बरामद गरेको छ । दुवै जनालाई चोरी कसुरमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले गण्डक न्यूजलाई जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट ल्यापटप १ थान, झोला ७ थान, क्यामरा ३ थान, क्यामरा लाइट ब्याट्री ५ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६ वटा , ड्रोन १ थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, माइक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान र लाइट १ थान बरामद गरेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’