पोखराबाट बिराटनगर बोलाएर फोटोग्राफी सम्बन्धी सामान चोरी गर्ने दुई जना झापाका युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । फोटोग्राफीका लागि पोखराबाट विमल कार्की र साजन खत्रीलाई मोरङको बुढीगंगामा ‘फेशन शो’ छ भनेर बोलाएर झापा अर्जुन धाराका अनुप ढकालले सामान चोरी गरेका थिए ।
पोखरा २० का कार्कीले योर डिजिटल फोटो गुड्स सेन्टर सञ्चालन गर्दै आएका छन् । पोखरा ९ का खत्री लेकसाइड स्थित रेष्टुरेण्टमा फोटोग्राफर छन् भने गण्डकन्यूजमा पनि आबद्ध छन् । खत्री फेशन एवं पोट्रेट फोटोग्राफरका रुपमा चिनिन्छन् ।
चोरी तथा लुटपाटमा संलग्नले नयाँनयाँ शैली अपनाउने गरेको थाहै छ । यस्तै अनौठो तरिका अपनाएर पोखराका दुई फोटोग्राफर लुटिएका हुन् । ४ हजार पेश्की दिएर बोलाएर, एयरपोर्टमै पुगेर लिएर होटल पुगेपछि उनीहरुले सामान लुटेका हुन् ।
कार्कीलाई ढकालले गत पुष २४ गते इ–सेवाबाट ४ हजार रुपैँया पठाएर क्यामेरासहित आउन भनेपछि कार्की र खत्री २५ गते बुढीगंगा पुगेका थिए । पोखराबाट काठमाण्डौ र काठमाण्डौ बिराटनगर प्लेनमै दुई जना गएका थिए । एयरपोर्टसम्म गाडी लिएर लिन समेत आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार उक्त घटनामा ढकालका सहयोगी २० वर्षीय साराशं भट्टराईलाई पनि पक्राउ गरेको छ । ढकालले कार्की र खत्रीलाई बुढीगंगा १ मा रहेको आर.एन.होटल एण्ड लजको ११४ नम्बर कोठा बुक गरिदिएका थिए । त्यही कोठामा सामान राखेर खाना खाने बहानामा दुई जनालाई इटहरीको प्राइम होटल लगेका थिए । त्यसपछि, होटलको रुममा गएर फर्कन्छु भनेर गएका ढकाल र भट्टराई सबै क्यामेरा, लेन्स लगायतका फोटोग्राफी सम्बन्धी सामान लिएर फरार भएका थिए ।
उजुरी परेपछि अनुपलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट बिहीबार साँझ पक्राउ गरेको हो । प्रहरीले दुवै जनाको साथबाट चोरीका फोटोग्राफी सम्बन्धी क्यामेरा, मेमोरी कार्ड, ड्रोन लगायत १४ प्रकारका सामान बरामद गरेको छ । दुवै जनालाई चोरी कसुरमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले गण्डक न्यूजलाई जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट ल्यापटप १ थान, झोला ७ थान, क्यामरा ३ थान, क्यामरा लाइट ब्याट्री ५ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६ वटा , ड्रोन १ थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, माइक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान र लाइट १ थान बरामद गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन