काठमाडौँ २८ फाल्गुन / हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो ।
यत्तिकैमा विमान जोडले हल्लियो। के भयो केही थाह पत्तो भएन। म विमानको झ्याल छेउमा थिए। एक्कासी ड्याम्म गरेको आवाज आयो। त्यसपछि के के भयो पत्तो नै पाइएन।
म झ्याल फोडेर बाहिर निस्के। कसले हो मलाई सिनामंगलको अस्पतालमा पुऱ्यायो। त्यहाँबाट साथीहरुले नर्भिक अस्पतालमा पुऱ्याए। मलाई घुडा र टाउकोमा चोट लागेको छ। भाग्यले बाँचे।
विमानमा १६ जना काठमाडौंका विभिन्न ट्राभल एजेन्सीका कर्मचारीहरु रहेको खुलेको छ। रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी बसन्त बोहोरा, लक्की ट्राभल्सका कर्मचारी सनम शाक्य सहित विभिन्न १६ ट्राभल्स एजेन्सीका कर्मचारीहरु दुर्घटनाग्रस्त विमानमा यात्रारत रहेका थिए।
[बसन्त बोहोरा, रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी] कान्तिपुरका जनकराज सापकोटाले गरेको कुराकानीमा आधारित
सम्बन्धित खबर
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
भदौ २४ को घटनाबारे छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने
बालेन सरकारको निर्णय : दलीय ट्रेड युनियन खारेज गर्ने
‘भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ’
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष