काठमाडौं- बंगाली नागरिक ताहिरा शशीले सोमबार श्रीमान् रेज्वानुल हक साहोनसहित सामाजिक सञ्जाल फेसबुकमा खुसी हुँदै नेपाल आउन लागेको फोटो पोस्ट गरिन्।
बंगालादेशको ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उनले आफू र श्रीमान् नेपालमा आउन लागेको सन्देशसहितको तस्बिर पोस्ट गरेकी थिइन्। उनले विवाहको वर्षगाँठको अग्रिम उत्सव र नेपालतर्फको यात्रा सुरु भएको सन्देश फेसबुकमा लेखेकी थिइन्।
‘एन्ड हियर द जोर्नी विगिन्स, एड्भान्स सेलिब्रेसन अफ एनिभर्सरी, स्पेसल मार्च’ उनको फेसबुकमा लेखिएको छ। तर, यो दम्पत्तीको नेपालतर्फको यात्रा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि भताभुंग भयो।
सोमबार दिउँसो २ बजेर १८ मिनेट जाँदा उनीहरु सवार युएस बंगला बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरका क्रममा दुर्घटना भयो। दुर्घटनामा श्रीमती ताहिरको निधन भइसकेको छ भने श्रीमान् रेज्वानुलको चाबहिलस्थित ओम अस्पतालमा आइसियूमा उपचार भइरहेको छ।
यसैगरी, सोही दुर्घटनामा अर्का एक बंगाली दम्पत्तीको समेत निधन भएको छ। इमराना कविर हासी र रोकिबुल हसनको दुर्घटनामा निधन भएको छ। उनीहरु बंगलादेशबाट बिदा मनाउन नेपाल आएका थिए।
इमरानाले श्रीमान् हसनसहितको तस्बिर र बिदाको शुरुवात भएको सन्देश ढाकाबाट उड्नु अघि सामाजिक सञ्जाल फेसबुकमै पोस्ट गरेकी थिइन्।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन