काठमाडौँ, २८ फाल्गुन — कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि उनको घर भित्रै पसेर गोली हानिएको छ । करिब १० जनाको समूहमा सोमबार साँझ आएकाहरुले मेयर चौधरीमाथि सुख्खडस्थित घरैमा उनको घरभित्रै छिरेर गोली हानेको हो ।
त्यो समूहकामध्ये चौधरीको घरमा छिरेका तीनजनामा दुईजनाले आक्रमण गरेका हुन् । घर भित्र बसिरहेका चौधरीमाथि एकले खुकुरी हाने भने अर्काले गोली प्रहार गरे ।
चौधरीको टाउकोमा खुकुरी हानिएको छ भने गोली खुट्टा र कम्मरमा लागेको छ । आक्रमणबाट घाइते भएका चौधरीलाई अहिले घोडाघोडी अस्पताल सुख्खडमा भर्ना गरिएको छ ।
उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार चौधरीको कम्मर र खुट्टामा दुईवटा गोली लागेको छ ।
घोडाघोडी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

मेयरमाथि गोली हानिएपछि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरे घटनास्थलमा पुगिसेका छन् । घोडाघोडी धनगढीबाट करिब ५० किलोमिटरको दुरीमा रहेको छ ।
केही दिनअघि घोडाघोडी–५ की राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट हुदा पीडकहरुलाई संरक्षण दिएको आरोप चौधरीमाथि लागेको थियो । त्यही घटनालाई लिएर चौधरीमाथि गोली हानिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
गत बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरेको आरोपमा पक्राउ परेका रामबहादुर चौधरीलाई मताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा छुटाइएको थियो।
भैरहवाका व्यवसायी सेठियामाथि गोली प्रहार
यसैवीच रुपन्देहीको भैरहवाका एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार भएको छ । भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदस्य हरीश सेठियामाथि अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो ।
गोली प्रहार गरिए पनि मिस फायर हुँदा सेठिया बच्न सफल भएका छन् । भारतीय २ नागरिकले भारतीय मोटरसाईकलमै आएर उनीमाथि गोली चलाएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । उनीमाथि भैरहवाको हाटबजार स्थित सेवापथमा गोली प्रहार गरिएको थियो ।

दुई जनामध्ये एकजना भागेको र एकजनालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रमुख ज्ञवालीले जनाए । प्रमुख ज्ञवालीले गोली हान्ने व्यक्ति र मोटरसाईकललाई समातेको बताए ।
सम्बन्धित खबर
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
भदौ २४ को घटनाबारे छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने
बालेन सरकारको निर्णय : दलीय ट्रेड युनियन खारेज गर्ने
‘भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ’
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष