काठमाडौं, २९ फागुन / अस्पतालको फरेन्सी विभागमा शब बुझ्न आफन्तहरुको निकै भिडभाड छ । शोकमा परेका आफन्तलाई सान्त्वना दिन आउने आफन्तहरुको ओहोरदोहोर जारी छ ।
शब बुझ्नको लागि जाहेरी दिने काम पनि चलिरहेको छ । आफन्तहरुको अनुरोधमा मृतक शरीर (शब) हेर्नका लागि एक–एक जना गरी पठाईदैछ शब गृहमा । त्यहाँ पुग्नेहरु सबै वियोगले बिछिप्त देखिन्छन् ।
यहि भिडमा मधेशी समुदायका एक बृद्धा दम्पति पनि छाती ठोक्दै रुदैथिए । केहीबेरपछि यी बृद्ध दम्पती आफ्नो शरीर थेग्न नसकेर भूइँमै ढले …।
सोमबार भएको विमान दुर्घटनामा मृत्यु भएका ४९ जनामध्ये सर्लाहीका अवधेश कुमार यादव पनि एक हुन् । यो भीडमा वियोगमा विछिप्त हुँदै ढल्ने उनकै बा–आमा हुन् । जसले आफ्नो एक मात्रा छोरा गुमाए । यादव रुँदै भन्छन् –‘३,४ दिन पहिला फोनमा मलाई लिन रबिबार (आइतबार) आउनु भनेको थियो । ’
बृद्ध दम्पत्ति सोमबार छोरा आउने आशमा बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थन पुगेका थिए । छोराको पखाईमा बसेका उनीहरु विमानस्थलमै बस्दाबस्दै विमान दुर्घटनाको आवाज कानमा परेको थियो । तर, छोरा कतारबाट आउने भएकाले अवधेश यो दुर्घटनामा पर्छ भन्ने अड्कल गरेनन् ।
अबधेशका बु्बा रामनारायण भन्छन्, ‘बिहानको ५ बजेनै लिन आउनु भनेको थियो । हामी बिहान ५ बजेनै विमानस्थल पुग्यौ, नयाँ ठाँउ ,नयाँ मान्छे । धेरै कुराकाबारेमा खासै जानकारी थिएन, छोराले विमानबाट झरेपछि फोन गर्छ भन्ने आशमा थियौ, छोरा कतारबाट आउने भएकाले ढाँकाको विमानमा पर्यो होला भने शंका समेत गरेनौ ।’
त्यसो त रामनारायणलाई छोरो दुर्घटनामा परेको आफन्त (कतारबाट ज्वाई)ले फोन गरेपछि मात्रै थाहा भयो । ‘कतारबाट मेरो ज्वाँई अर्थात अवधेशको भिनाजुले फोन गरेपछि मात्रै हामीलाई दुर्घटनामा परेको थाहा भयो ।’ ज्वाँईले राम नारायणलाई कतारबाट ढाका हुदै नेपाल जाने टिकेट भएको जानकारी दिएपछि साझँ ५ बजेतिर मात्रै उनीहरुले आफ्नो छोराको पनि मृत्यु जानकारी पाए ।
अवधेश ४ महिना पहिला वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका थिए । तर, यादव परिवारका एकमात्र छोरा अवधेश कतारमा भनेजस्तो काम नपाएपछि नेपाल फर्केका थिए ।
उमेरले २० वर्ष पुगेको अवधेशको यात्रा कतारबाट ढाकामा ट्रान्जिटमा परेको थियो । ढाकाको झण्डै ४ घण्टाको पखाईपछि उनी यूएस बङ्ला विमानमा नेपालका लागि चढेका थिए । तर दुर्भाग्य,४ महिने छोरी ,श्रीमाती र बाबा आमालाई भेट्ने अवधेशको रहर नेपाली भूमिमा पाईला नटेक्दै समाप्त भयो ।
न्यून आर्थिक अवस्था भएका यादव परिवारको लागि अवधेश बलियो खम्बा थिए । दुई छोरी पछि बल्ल परिवारको कान्छो सदस्यको रुपमा अवधेशको जन्म भएको थियो ।
-रातोपाटीबाट
सम्बन्धित खबर
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
भदौ २४ को घटनाबारे छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने
बालेन सरकारको निर्णय : दलीय ट्रेड युनियन खारेज गर्ने
‘भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ’
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष