एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । कहिलेकाँही उनी आफ्ना तस्बिरहरुका कारण ट्रोलको शिकार पनि भएकी छिन् । २०१७ मा प्रधानमन्त्री नरेन्द्र मोदीसामु मिनि ड्रेस लगाएर बसेको तस्बिर भाइरल भएपछि उनी ट्रोलको शिकार भएकी थिइन् । यस घटनाबारे प्रियंकाले आफ्नो पुस्तक ‘अनफिनिस्ड’ मा चर्चा गरेकी छिन् ।
प्रियंकाकाअनुसार प्रधानमन्त्री मोदी र उनीबीच त्यस समय बर्लिनको एक होटलमा भेट भएको थियो । प्रियंकाका अनुसार त्यस समय उनी आफ्ना अमेरिकी प्रचारक र भाईसँग थिइन् । त्यही भेटका केही तस्बिर उनले सामाजिक सञ्जालमा राखेकी हुन् ।
‘मैले यसकारण त्यो ड्रेस लगाएको थिएँ, किनकी म ती दिनहरुमा ‘बेवाच’ फिल्मको पनि प्रमोशन गरिरहेको थिएँ’ प्रियंकाले आफ्नो पुस्तकमा लेखेकी छिन् । प्रियंकाको फोटो त्यतिबेला निकै भाइरल भएको थियो । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले देशको प्रधानमन्त्रीसामुु यस्तो पोशाकमा उपस्थित हुन नहुने धारणा राखेका थिए । बलिउडसँगै हलिउड फिल्ममा पनि प्रियंका सक्रिय छिन् ।
सम्बन्धित खबर
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
मदन र मायाको `पिरैले सुकाउँछ ज्यान´ सार्वजनिक [भिडियो]
‘यानीमयाले, बिर्सियौ कि चटक्कै जानी मयाले’ [भिडियो]
‘कसो कसो माया बस्यो’ ले दर्शकको माया पाउँदै [भिडियो]
‘म त हजुर हङकङको लाहुरे’लाई माया बढ्दै [भिडियो]
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग