बलिउड अभिनेत्री दीपिका पाडुकोण कलेजका दिनमा दुइ पटकसम्म कपडा धुन्थिन्। यो कुरा दीपिकाको मिल्ने साथी हितेसाले खुलाएकी हुन्।
पिंकभिल्लाका अनुसार बुधबार दीपिकाले इन्स्टाग्राममा हितेसासँग केक बनाउने प्रतिस्पर्दा गरेको भिडिओ सेयर गरेकी थिइन्। भिडिओमा दीपिका र हितेसाले केक बनाएका छन्। कुराकानीक्रममा हितेसाले दीपिकाको व्यवहारबारे खुलाएकी हुन्।
‘कलेज दिनमा दीपिका खुबै लुगा धुन्थिन्। उनी दिनकै हामी सबै साथीहरूको लुगा बटुलेर धुन्थिन्,’ उनले भनेकी छन्, ‘हाम्रो लुगा जबरजस्ती लिएर वासिङ मेसिनमा हाल्थिन्। दैनिक दुई पटक उनी लुगा धुने गर्थिन्।’
दीपिका र हितेसा कक्षा ४ देखिका साथी हुन्। हितेसाबारे दीपिकाले केक बनाउँदै भनेकी छन्, ‘उनी सधैं उत्कृष्ट थिइन्। जे कुरामा पनि उनी अब्बल छिन्। तर यो बेकिङ एउटा यस्तो काम हो जुन उसलेभन्दा म राम्रो गर्न सक्छु।’
दीपिका आफ्नो घरायसी काम आफै गर्छिन्। यस विषयमा उनले हालै फेमिना म्यागजिनमा बोल्दै भनेकी थिइन्, ‘म आफ्नो व्यवसायिक र व्यक्तिगत कुरा अलग राख्छु। मेरो व्यक्तिगत काम म आफैँ गर्न रूचाउँछु।’
दीपिका यतिबेला सिद्धार्थ आनन्द निर्देशित फिल्म ‘पठान’को छायाँकनमा व्यस्त छिन्। फिल्ममा अभिनेता शाहरूख खान र जोन अब्राहमको मुख्य भूमिका देख्न पाइनेछ। त्यस्तै, उनी रणवीर सिंहसँग कबिर खान निर्देशित फिल्म ‘८३’ मा पनि देखिनेछिन्।
सम्बन्धित खबर
नवौं संस्करणको वालिङ महोत्सव सुरु
नवौं चरणको वालिङ महोत्सव आजदेखि
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो