पोखरा-८ न्यूरोडमा केहिबेर अघि (अपरान्ह ४ बजे) दुई स्कुटर एकआपसमा ठक्कर खाएको छ ।सभागृहचोकबाट चिप्लेढुंगातर्फ जाँदै गरेको स्कुटर ओभरटेक गर्ने क्रममा आपसमा ठक्कर खान पुगेको हो ।
दुर्घटनामा दुवै स्कुटरका चालक घाइते भएका छन् । घाइते भएका युवती र अर्का पुरुषको पहिचान खुलिसकेको छैन । उनीहरुलाई तत्काल ट्याक्सी मार्फत् अस्पताल पठाइएको छ ।
युवतीको अनुहारमा चोट लागेर रक्तश्राव भएको छ भने पुरुषको गोडामा असर परेको छ । कास्की ट्राफिक प्रहरीलाई खबर गरिएको छ ।
ग १८ प ५२७९ नम्बरको स्कुटर पुरुषले चलाएका हुन् भने ग १७ प ९०८ नम्बरको स्कुटर युवतीले चलाएका हुन् । सो स्कुटरमा दुई जना युवती थिए । नर्सरीबाट फूल लिएका उनीहरु विपरित साइडतर्फ मोडिन लागेका थिए । सोहि बेला पुरुषले पनि स्कुटर मोडेका थिए । सँगै अघि बढिरहेका दुई स्कुटर एक्कासी ठोक्किन पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सम्बन्धित खबर
पोखराको विद्यालय तोडफोड गरी ल्याप्टप चोरी गरेको आरोपमा ४ बालक प्रकाउ
चेक बाउन्सः व्यवसायी र प्रहरी दुबै हैरान
पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट
श्रष्टा नरहरि भट्टराईको उपन्यास ‘शान्ति’ लोकार्पण
पोखरामा पर्यटक बढाउन प्रकृति र संस्कृति महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, पोखरा महानगरको कार्यशाला
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग