एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ उनकी श्रीमती एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार रि सोल जु श्रीमान् किमसँगै मंगलबार एक कार्यक्रममा उपस्थित भएकी हुन् ।
किमका स्वर्गीय पिता तथा उत्तर कोरियाका पूर्व नेता किम जोङ इलको जन्मोत्सव कार्यक्रममा किमकी श्रीमती रि देखिएकी हुन् । लामो समय रि सार्वजनिक रुपमा नदेखिदा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न शंका व्यक्त गरिँदै आइएको थियो ।
महत्वपूर्ण कार्यक्रमहरुमा नेता किमसँगै देखिने गरेकी रि गत वर्षको जनवरी यतादेखि सार्वजनिक रुपमा देखिएकी थिइनन् । रि को उपस्थितिले उनीमाथि गरिएको गर्भावस्था वा स्वास्थ्य अवस्थाको शंकालाई टारिदिएको छ ।
दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर विभागले भने कोरोना महामारीका कारण रि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएको छ । साथै, आफ्ना बालबच्चासँग समय बिताउनका लागि पनि बाहिर नदेखिएको बताइएको छ ।
उत्तर कोरियाका अधिकारीहरुले अहिलेसम्म देशभित्र कोरोना भाइरस संक्रमण कसैलाई पनि नदेखिएको दावी गर्दै आएका छन् । तर विज्ञहरुले भने यसलाई असम्भव भनेका छन् ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन