महाशिलाको मुख्य केन्द्र सारिने

महाशिलाको मुख्य केन्द्र सारिने

mahasila

सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह गठन भएपछि वडा नं ३ बालाकोटमा तोकिएको पर्वतको महाशिला गाउँपालिकाको स्थायी केन्द्र परिवर्तन गरिने भएको छ । गाउँपालिकाको नवौं गाउँसभाले पालिकाको स्थायी मुख्य केन्द्र साविक वडा नं ५ लुङ्खुदेउराली र वडा नं ३ बालाकोटको सिमानामा पर्ने काफलडाँडा र ठूलास्वाँरामा बनाउने निर्णय गरेको हो । गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालयका दुईवटा भवन काफलडाँडा र ठूलास्वारामा निर्माण गर्ने निर्णय गाउँसभाले गरेको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

हाल गापाको काम साविक वालाकोटको गाविस भवनवाट सेवा प्रवाह गरिँदै आएको छ । उक्त कार्यालय साँघुरो र नयाँ संरचना बनाउने ठाउँसमेत पर्याप्त नहुँदा दैनिक कार्यसम्पादनमा समस्या पर्दै आएको छ । काफलडाँडा र ठूलास्वाँरामा नौ रोपनी जग्गा रहेको छ । प्रदेश र सङ्घीय सरकारको सहयोगमा बन्ने प्रशासनिक भवनका लागि गाउँसभाले स्रोतको सुनिश्चितता गर्ने निर्णयसमेत गरेको अध्यक्ष पौडेलले जानकारी दिए । “हामीले नयाँ प्रशासनिक भवन निर्माणका लागि स्रोतको सुनिश्चिततासमेत गरेका छौँ”, उनले भने, “वडा नं ३ कै काँफलडाँडा र सँगै जोडिएको ठूलास्वाँरामा भवन बनाउँदा सबैलाई पायक पर्ने भएकाले गाउँसभाले सर्वसम्मत निर्णय गरेको हो ।”

त्यसैगरी गाउँसभाले १५ श्ययाको पालिकास्तरीय आधारभूत अस्पताल निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको छ । उक्त अस्पतालको गएको मङ्सिर १५ गते शिलान्यास भइसकेको छ । गाउँसभाले बालाकोट स्वास्थ्यचौकीको भवन निर्माणसम्बन्धी जग्गा प्रस्तावसमेत अनुमोदन गरेको छ । राजस्वका दरमा परिवर्तन, घर जग्गाको नक्सा पासको दस्तुर निर्धारण गर्ने निर्णयसमेत गाउँसभाले गरेको अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए।

गाउँसभामा जनप्रतिनिधि निर्वाचित भएदेखि हालसम्म गरेका कामको बारेमा स्वेतपत्र प्रस्तुत गरिएको छ । उक्त स्वेतपत्रमा आवश्यक सुझाव तथा प्रतिक्रिया लिएपछि सार्वजनिक गरिने अध्यक्ष पौडेलले जानकारी दिए । गाउँपालिकाको समृद्धि र विकासका लागि के के काम भए र अब गर्नुपर्ने मुख्य काम के के छन् भन्ने विषयवस्तु समेटेर स्वेतपत्र जारी गरिएको उनले बताए । गाउँसभाले केही आर्थिक तथा विनियोजन ऐन परिमार्जनको प्रस्ताव पारित गरिएको भने भने केही बजेट संशोधनसमेत गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds