पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ बाघमारामा प्रधान कार्यालय रहेको बाघमारा बहुउद्देश्यीय (साकोस) सहकारी संस्था लिमिटेडको पोखरा १७ विरौटाचोकमा शनिवारदेखि सेवा केन्द्र सञ्चालनमा आएको छ ।
सेवा केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले समृद्धि र विकासका लागि उत्पादनमुखी सोचका एक सहकारी एक नमूनायोग्य कामकासाथ सहकारीहरु लाग्नुपर्नेमा जोड दिए । कृषि ऋण अन्यत्र प्रयोग हुनुहुदैन भन्दै उनले मन्त्रालयले त्यसको निगरानी गरिरहेको वताए ।।
गण्डकी प्रदेशका सचिव हरिराज पोखरेलले समृद्धि र विकासका लागि सहकार्यमा जोड दिए । पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले उत्पादनलाई लक्षित गरी बढ्न सुझाव दिए ।
बाघमारा बहुउद्देश्यीय(साकोस) सहकारीका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइरालाले समाजलाई आर्थिक समृद्धितर्फ डो¥याउनका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइन् ।पोखरा महानगरपालिकाकी सहकारी समिति सदस्य राधिका शाही योगीले सहकारीलाई थप व्यवस्थित बनाउँदै जाने तर्फ महानगरपालिका लागेको बताइन ।
पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष तीर्थराज अधिकारी पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य दिपक लामिछाने, नेकपा वडा नं १७ का अध्यक्ष सुवाष ढुंगाना,नेपाली कांग्रेसका क्षत्रीय सभापती विजयराज आचार्य, गुप्तेश्वर महादेव गुफा ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेल, सल्लाहकार यज्ञप्रसाद अधिकारी,अग्रसर वचत तथा ऋण सहकारीकी अध्यक्ष दुर्गा अचार्य, निलगिरी वचत तथा ऋण सहकारीका अध्यक्ष तीर्थराज अचार्य, जिल्ला सहकारी संघका पदाधिकारी, जिल्ला वचत संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना,बाघमारा सहकारीका प्रकास अधिकारी,अर्जुन अधिकारी, टिकाराम पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।उक्त कार्यक्रमको संचालन संस्था सचिव नन्दलाल काफ्लेले गरेका थिए ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु