युवा सङ्घ नेपाल वडा कमिटी पोखरा–६ लेकसाइडद्वारा फेवातालस्थित बाराहिघाटमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरियो । ‘आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सङ्घमा आबद्ध पदाधिकारी तथा सदस्य, आमा समूह, डुङ्गा व्यवसायी समितिको सहभागिता रहेको थियो ।
बयालिस वर्षअघि निर्माण गरिएको फेवाबाँध मर्मतका लागि पानीको सतह घटेपछि तालको किनारामा देखिएको फोहर सङ्कलन गरी आवश्यक व्यवस्थापन गरिएको थियो ।
युवा सङ्घ नेपालका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले बाराही घाटमा फोटो उठाएर कार्यक्रमको शुभारम्भ गर्दै प्राकृतिक स्रोतसाधनको संरक्षण र उपयोगका युवाशक्तिको सक्रियता भूमिका हुनुपर्ने बताए ।
“हाम्रा पुर्खाले हामीलाई बुझाएको फेवाताल भावी पुस्तालाई बुझाउनु अपरिहार्य छ”, उनले भने , “त्यसका लागि युवा शक्ति सङ्गठित भएर अघि बढ्नुको विकल्प छैन ।” पानीको सतह सुकेको वर्तमान अवस्थामा ताल अतिक्रमणबाट जोगाउनुका साथै सरसफाइ कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रम संयोजक सञ्जिव पहारी, सङ्घका अध्यक्ष आविष्कार तिमिल्सिनालगायतले तालसँग धेरैको भविष्य जोडिएको हुँदा यसको संरक्षण, सम्वद्र्धन र सरसफाइमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस