गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गण्डकी प्रदेशमा २८ हजार ३ सय २९ जनाले कोरोना विरुद्धको ‘कोभिसल्ड’ खोप लगाएका छन् । प्रदेशका ११ वटै जिल्लामा गत माघ १४ गतेदेखि एकैपटक शुरु गरिएको खोप तीन सातामा सो संख्यमा लगाइएको हो ।
प्रदेशमा सवैभन्दा धेरै खोप कास्की र मनाङमा लगाएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कस्कीमा ९ हजार ११७ र मनाङमा ३४६, गोरखामा दुई हजार ८८, तनहूँमा २ हजार ९ सय ७२, नवलपुरमा २ हजार ५३, पर्वतमा १ हजार ७ सय ४४, बाग्लुङमा २ हजार ५ सय ९, मुस्ताङमा ४ सय ९३ र म्याग्दीमा १ हजार ६ सय १० जनाले खोप लगाएका छन् ।
त्यसैगरी लमजुङमा २ हजार ४ सय ९२ र स्याङ्जामा २ हजार ८ सय ७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
गण्डकी प्रदेशमा लक्ष्यभन्दा बढीले खोप लगाएको निर्देशक डा. शर्माले बताए । गण्डकीमा २५ हजार ८ सय ६४ जनालाई मात्र कोरोना विरुद्धको खोप दिने लक्ष्य थियो ।
खोप लगाएपछि कसैलाई पनि जटिल समस्या नदेखिएको निर्देशक डा. शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग