काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले उसको पेशागत निकायतर्फको प्रेस संगठन नेपाल पुनर्गठन गरेको छ। सो पार्टीले स्थायी समिति सदस्य योगेश भट्टराईलाई संगठनको इन्चार्ज चयन गर्दै सो पार्टीनिकट पत्रकारहरु आवद्ध रहेको संगठन पुनर्गठन गरेको हो।
संगठनको सहइन्चार्जमा महेश्वर दाहाल, ओमनाथ ढुङ्गाना, विष्णु रिजाललाई चयन गरिएको छ। यसैगरी संगठनको संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन भएका छन्। महासचिवमा राजेश राईलाई चयन गरिएको छ।
यो समूहले प्रचण्ड र माधव नेपालका तर्फबाट ५०/५० प्रतिशतको अनुपातमा १९ सदस्यीय केन्द्रीय कार्यालय पनि बनाइएको छ । केन्द्रीय कार्यालयमा पूर्वएमालेबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् । पूर्वमाओवादीबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी रहेको बताइएको छ ।
नेकपा विभाजित भएपछि उसका पेशागत संगठनहरुलाई पुनर्गठन गरिएको हो। प्रेस संगठनले सातवटा प्रदेशसहित उपत्यका प्रदेश, एसोसियट प्रदेश, प्रतिष्ठान प्रदेश समेत पुनर्गठन गरेको छ।
जसअन्तर्गत प्रदेश १ को इन्चार्जमा राजन केडी, संयोजक देबेन्द्र कार्की, प्रदेश २ को इन्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्णलाई चयन गरिएको छ। वागमती प्रदेशको इन्चार्जमा रामकुमार एलन र संयोजकमा सुनिल खड्का चयन भएका छन्।
गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम र संयोजकमा अर्जुन काफ्ले रहेका छन्। लुम्बिनी प्रदेशको इन्चार्जमा विकास वञ्जाडे र संयोजक मानसिंह विक चुनिएको संगठनले जनाएको छ। कर्णाली प्रदेशका इन्चार्जमा जीवन विसी र संयोजक गणेशकञ्चन भारती चयन भएका छन्।
सुदुरपश्चिम प्रदेश इन्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवाज भण्डारी चुनिएका छन्। उपत्यका प्रदेश इन्चार्जमा सुरोजंग पाण्डे र संयोजकमा नवराज दाहाललाई चुनिएको छ।
एसोसियट प्रदेशको इन्चार्जमा ध्रुव लम्साल र संयोजकमा डब्बु क्षेत्री छानिएका छन्। प्रतिष्ठान प्रदेशको इज्चार्ज विदुर खड्काले पाउँदा वीरेन्द्र ओली संयोजक चयन भएको संगठनले जनाएको छ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो