काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गरेका छन् । सरकारको नेतृत्वकर्ता दल एमालेबाट ६ मन्त्री बनेका छन् भने माओवादीका पाँच मन्त्री बनेका छन् ।
चार राज्यमन्त्री पनि नियुक्त भएका छन् । यससँगै ओली सरकार २२ सदस्यीय बनेको छ । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसामू सपथ लिएका छन् । लगतै राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसमक्ष सपथ लिएका छन् ।
https://www.facebook.com/gandaknews/videos/794669350725319/
को-को बने मन्त्री ?
ओली सरकारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बनेका छन् । उनी एमाले सचिव पनि हुन् । अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ । शुक्रबार मात्र महिला बालबालिकाबाट फुटाएर श्रम तथा रोजगार मन्त्रालय बनाइएको थियो ।
यस्तै रविन्द्र अधिकारीलाई पर्यटन, रघुवीर महासेठ भौतिक पुर्वाधार, शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । उनी पूर्वअर्थमन्त्री हुन् । गिरिराजमणि पोखरेल शिक्षामन्त्री बन्दा पूर्वगृहमन्त्री समेत रहेका शक्ति बस्नेतले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्नेकी छन् ।

लालबाबुको मन्त्रालय फेरियो
यसअघि नै मन्त्री भइसकेका लालबाबु पण्डितको मन्त्रालय हेरफेर भएको छ । उनलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
चार राज्यमन्त्री पनि थपिए
शुक्रबार नै चार राज्यमन्त्री पनि नियुक्त भएका छन् । एमालेबाट गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बनेका छन् । सञ्चार मन्त्री नियुक्त नगर्ने र बास्केटाले मन्त्रिपरिषद् बैठकमा सहभागी हुने गरी राज्यमन्त्री बनाइएको हो ।
यस्तै पद्मा अर्याल स्वाथ्य राज्य, धनबहादुर बुढा पर्यटनराज्य र रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेकी छन् । अर्याल र बुढा एमाले तथा चौधरी माओवादी सांसद हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए।

अनलाइनखबरबाट
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै