प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक द्वन्द्वले सनकमा संसद विघटन गरेकोमा आपत्ति जनाउँदै स्वयं नेकपादेखि प्रतिपक्षीदल, नागरिक समाज सडकमा आन्दोलनरत छन् ।
उनीहरुले प्रधानमन्त्रीले ‘कू’ गरेको भन्दै यसका विरुद्ध विरोधका कार्यक्रमहरू गरिरहेका छन् । पोखरामा पनि दिनहुँजसो कार्यक्रम भइरहेका छन् । विवेकशील साझा पार्टीले पोखरामा एक हप्तादेखि विरोध कार्यक्रम नियमित रुपमा गरिरहेको छ ।
आज सोमबार सातौँ दिन पोखराको जिरो किलोमिटरबाट ‘जनमतको हत्या भो, लोकतन्त्रको हत्या भो’, थिमका साथ सांकेतिक शवयात्रा कार्यक्रममा जुटेपनि प्रहरीले अवरोध गरेको छ । जिरो किलोमिटरमा अपरान्ह ४ बजे पार्टीका कार्यकर्ता तथा शुभेच्छुक भेला भई बाँसमाथि सांकेतिक शव राखेर विरोध गरिएको थियो । शवयात्रा गर्ने क्रममा प्रहरीले कार्यक्रम विथोल्यो र सांकेतिक शवलाई छिन्नभिन्न बनायो ।
प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शनमा पनि प्रहरी हस्तक्षप भएपछि पार्टीका युवा नेता अशोक खड्काले आक्रोशित हुँदै भने – यो देशमा केपी बा आई लभ यू भन्न मिल्छ, संसद विघटन गर्न मिल्छ, टायर जलाउन मिल्छ, रेलिङ भाँच्न मिल्छ, नाटक र नौटङ्कि देखाउन मिल्छ, ७० करोड पचाउने योजना बनाउन मिल्छ, सबै मिल्छ यो देशमा बोल्न मात्रै मिल्दैन ।
उनले प्रहरीहरुकै अगाडि प्रहरी दमनको चर्को बिरोध गर्दै थपे – ‘सडकको किनारामा बसेर शान्तिपूर्ण प्रदर्शन गर्न पाइँदैन! के यो देश केपी ओली र उनका छोराहरूको मात्रै देश हो?’
शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले अनपेक्षित अवरोध खडा गरेपछि विवेकशील साझा पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले लाछी सरकार लाससँग पनि डराउँछ, त्यो पनि साङ्केतिक लास ! भन्दै व्यंग्य मिश्रित आक्रोश पोखे ।
‘केपी ओलीले गरेको ‘कु’ विरुद्धको हाम्रो अभियान पोखरामा अझै सशक्त हुनेछ। शान्तिपूर्ण र प्रतीकात्मक आन्दोलन गर्न पाउनु जनताको अधिकार हो। लोकतन्त्रको सौन्दर्य भनेको नै यी र यस्तै अधिकार हुन्।’- भण्डारीले भने– ‘शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले गरेको अवरोध निन्दनीय छ। शाही दमन झल्कने यस्तो हर्कतको भर्त्सना गर्दछु।’
जनताले गर्ने यस्ता प्रतिकात्मक र शान्तिपूर्ण आन्दोलनलाई सरकारले बरु सुरक्षा दिने पर्नेमा दमन गरेकोमा विवेकशील साझा पार्टीको आपत्ति छ ।




सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो