पोखरा – आफ्नै बाबुको हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं -३ पाउँदुरकोट स्थायी घर भई हाल पोखरा -३२ महाकुना बस्दै आएका ३४ वर्षीय छोरा र रामकृष्ण कामी रहेका छन् ।
प्रहरीका अनुसार सोमबार बिहान अन्दाजी १० बजेको समयमा सोही ठाउँ बस्ने रामकृष्णका बाबु ५८ वर्षीय जुम बहादुर कामीको घरको भर्याङबाट लडेर मृत्यु भएको भन्ने जानकारी लगत्तै ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी अधिकृत सहितको अनुसन्धान टोलीले घटनाका विषयमा गरेको सुक्ष्म अनुसन्धानमा मृतक जुम बहादुरको हत्या भएको पत्ता लगाएको हो ।
प्रहरीका अनुसार आइतबार राति बाबु छोरा बीच भएको आपसी विवादले हात हालाहालको अवस्था सृजना हुँदा छोरा रामकृष्णले बाबु जुम बहादुरलाई चारपाटे काठको आग्लो प्रहार गरी हत्या गरेको खुलासा भएको हो ।
हाल प्रहरी नियन्त्रणमा रहेका रामकृष्ण माथि थप अनुसन्धन भइरहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
सम्बन्धित खबर
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
पोखरामा एकै दिन दुई किशोरको डुबेर मृत्यु, फुस्रेखोलामा फेरि १६ वर्षका सुप्रिम डुबे
अनेरास्ववियु कास्कीले गर्यो बुद्धिचाल प्रतियोगिता
वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण
मानव अधिकारका सवालमा सबै पक्ष गम्भिर बन्नुपर्छः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग