कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए ।
पहँुच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहाँ भने कुनै पनि कक्षा सञ्चालन प्रभावकारी भएन । एक त विकट ठाउँ त्यसमा पनि कोरोना कहरमा घरदेखि बाहिर निस्कने वतावरण नहुनुले पनि कठिन भएको स्थानीय अभिभावक बताउँछन् ।
केही दिन अगाडि मात्र तल्लो भेगका विद्यालय खुलेका हुन् । सदरमुकाम चामे र नासोँ गाउँपालिकामा रहेका विद्यालयले पढाइ शुरु गरेका छन् । विगतका वर्षमा चैतदेखि नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि यस वर्ष कोरोनाका कारण पढाइ रोकिएकाले छिटो विद्यालय सञ्चालन गरिएको हो । चारवटा गाउँपालिका रहेको यस जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने फागुन १६ पछि खुल्ने भएको छ ।
जाडो छल्न काठमाडौँ र पोखरालगायत जिल्ला बाहिर पुगेका अधिकांश विद्यार्थी अभिभावकसँगै फर्केका छन् । विगतका वर्षमा वार्षिक परीक्षा सकेर पुस पहिलो साता विद्यार्थी जाडो र हिमपात छल्न शहर झर्ने गरे पनि यस वर्ष कोरोनाका कारण परीक्षा सञ्चालन भएको छैन । चामेस्थित लोकप्रिय माविमा माघ ११ गतेदेखि पठनपाठन शुरु गरिएको प्रधानाध्यापक सुरेश थापाले बताउनुभयो । आवासीय विद्यालयका रूपमा सञ्चालन गरिएको उक्त विद्यालयमा हाल २९२ विद्यार्थी छन् ।
नासोँ गाउँपालिका–१ तालमा रहेको भानु मावि र नासोँ गाउँपालिका– ५ थोँचेस्थित प्रकाशज्योति माविमा पनि माघ २५ गतेबाट विद्यालय सञ्चालन भएका छन् । मनाङको तल्लो क्षेत्रको चामे र नासोँ गाउँपालिकाका विद्यालय खुलेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीले बताए । उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमिका ११ विद्यालयमा भने पठनपाठन शुरु भएको छैन । विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन शुरु हुने उनले बताए ।
शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख रेग्मीका अनुसार शिक्षा नियमावलीले ४५ दिन बिदा पाउने प्रावधान छ । स्थानीय बिदा पाँच दिन पाउँछन् । तर माथिल्लो क्षेत्रमा तीन महिना र तल्लो क्षेत्रमा साढे दुई महिना विद्यालय बन्द हुने गरेको छ ।
यस वर्ष कोरोनाका कारणले भने पठनपाठन नहुँदा यो शैक्षिकसत्र नै प्रभावित भएको छ । जिल्लामा २६ सामुदायिक विद्यालय र एक निजी विद्यालय छन् । जिल्लाभर चार मावि, आठ आधारभूत तह र १५ वटा प्राविमा १९० शिक्षक दरबन्दी छन् । जिल्लाभर ६०२ विद्यार्थी अध्यनरत रहेका शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।
माथिल्लो भेगका विद्यालय भने कुनै कक्षा सञ्चालन नभइकन यो शैक्षिकसत्र सकिएको छ । तल्लो भेगमा भने वैशाख महिनादेखि नै नयाँ शैक्षिकसत्र शुरु हुने गरेको छ । अब नयाँ भर्न अभियान गर्ने कि पुरानै कक्षा सञ्चालन गर्ने दोधारमा रहेको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन