खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विन्टल खरिद गर्ने भएको छ ।
शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार क्विन्टल सोना मन्सुली धान खरिदको कोटा पाएकोमा हालसम्म ९ करोड २१ लाख १ हजार ६५ रुपैयाँ मूल्य बराबरको ३१ हजार २९६ क्विन्टल धान मात्र खरिद गर्न सकेकाले थप ५ हजार क्विन्टल धान खरिद गरी लक्ष्य भेट्ने कार्यालयका शाखा प्रमुख विकास कटुवालले जानकारी दिए ।
कम्पनीले जिरामसिनो धान ५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य पाएकोमा हालसम्म ३ लाख ३८ हजार ४३० रुपैयाँ मूल्य बराबरको ११७ क्विटल मात्र धान खरिद गर्न सकेको छ । नेपालभन्दा भारतमा जिरामसिनो धान बढी उत्पादन भए पनि आयात हुन नसकेको तथा पर्साका किसानले थोरै मात्रामा जिरामसिनो धानको खेती गर्ने भएकाले खरीद लक्ष्य भेट्न नसकिएको हो ।
जिरामसिनो धानको सट्टा सोना मन्सुली धान खरिद गर्ने भनेर खरिद विभागबाट निर्देशन आएकाले थप ५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्न लागिएको सो कार्यालयका सूचना अधिकारी मुनीलाल कुशवाहले बताए ।
संघीय सरकारले यस वर्ष किसानबाट प्रति क्विन्टल ७ दशमलव ३५ प्रतिशत बढी मूल्यमा सोना मन्सुली धान तथा ६ दशमलव ५ प्रतिशत बढी मूल्यमा जिरामसिनो धान खरिद गर्न थालेका छन् । सोना मन्सुली धान प्रतिक्विटल २ हजार ८८५ रुपैयाँ तथा जिरामसिनो धान प्रतिक्विटल २ हजार ९०० रुपैयाँमा खरिद गर्न थालेको छ ।
अघिल्लो वर्ष सो कार्यालयले २५ हजार क्विन्टल सोना मन्सुलीधान तथा ३२ क्विन्टल२५ किलो जिरामसिनो धान खरिद गरेको थियो ।
पर्सामा ८५ प्रतिशत किसान धान खेती गर्दै आइरहेका छन् । यस वर्ष पर्साका किसानले ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरी २ लाख २८ हजार ५६० मेट्रिकटन धान उत्पादन गरेका छन् । अघिल्लो वर्षभन्दा यसवर्ष पर्साका किसानले रु ७ करोड ४४ लाख १७ हजार ६०० मूल्य बराबरको २ हजार ७५० मेट्रिकटन बढी धान फलाएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो