नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट निष्कर्ष निकालेको छ ।
बैठकमा भएको छलफलबारे जानकारी दिँदै सो समूहका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मूलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने बताए । उनले यस विषयमा दलहरुसँग छलफल गर्ने बताए ।
ज्ञवालीले आवश्यक परामर्शपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने वा नदिनेबारे निर्णय लिने बताए ।
उनले भने, ‘मुलुकलाई कसरी राजनीतिक निकाश दिने भन्नेबारे हामी छलफलमै छौं, जे गर्दा देशका लागि सहज हुन्छ प्रधानमन्त्रीले त्यही गर्नुहुन्छ।’
सर्वोच्चको आदेश बमोजिमनै संसद बैठक आह्ववान गर्ने निष्कर्ष आजको बैठकको रहेको समेत नेता ज्ञवालीले बताए। आजको बैठकले संसदीय दलको बैठक र पार्टी केन्द्रीय समितिको बैठक पनि बोलाउने निर्णय गरेको छ।
सम्बन्धित खबर
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
रविको देउवालाई प्रश्न : डेढ वर्ष प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?
१३ बर्षका बालकसहित ७ जनाको कुटाइबाट ट्राफिक प्रहरी जवानको हत्या
माधव नेपालको प्रष्टीकरण- प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं, कसैले शंका नगरे हुन्छ
कांग्रेसले रवि लामिछानेको नामै किट्नुपर्छ भनेकाले सहमति भएन
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग