एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । एक बर्षदेखि सम्बन्धमा रहेकी अन्जुले थिर कोइरालासँग बुधवार विवाह गरेकी हुन् ।
दुवैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विवाह गरेका हुन् । उनीहरुको विवाहमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।
छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण विवाहको बिषयमा सोचेको पनि बताएकी थिइन् ।
भ्यालेन्टाइन डेका दिन अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएपछि भने उनीहरु नजिक भएका थिए ।
गायिका अन्जुले थीरसँग आफ्नो तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्, ‘धेरै माया।’ एक अर्कासँग निकट अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिए।
थीरले ठूलो भोज आयोजना नगरिए पनि केही आफन्तमाझ चाँडै बिहेको ‘सेलिब्रेसन’ गर्ने बताएका छन्। उनले भने, ‘त्यसबाहेक केही अनाथालयका मान्छेहरुलाई सहयोग गरी हाम्रो बिहेको खुसी साट्ने छौं।
सम्बन्धित खबर
नवौं संस्करणको वालिङ महोत्सव सुरु
नवौं चरणको वालिङ महोत्सव आजदेखि
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान