एसके थकाली, मुस्ताङ । बेनी-जोमसोम सडकखण्डमा मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ। यो निर्णयसँगै मुस्ताङ प्रवेश गर्ने र बाहिरिने सबै सवारी साधनलाई सडक निर्माणको क्रममा रोक लगाइने छ।
राष्ट्रिय गौरवको बेनीरजोमसोम ७६ किमी निर्माणधिन सडकलाई गतिदिन यो निर्णय भएको निर्माण कम्पनीले जनाएको छ।
जसअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका-१ को तिप्ल्याङ क्षेत्र, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ को बादरजुङ्गे भीर र मुस्ताङको थासाङ गाउँपालिका-४ को घाँसा देखि लेतेसम्मको निर्माणधिन सडकको कामलाई बाधा नपुग्ने गरी दैनिक सडक बन्द गर्ने निर्णय भएको बेनी-जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।
सडक सुपरभाईजर शेरचनले अन्नपूर्णलाई दिएको जानकारी अनुसार अब दैनिक बिहान ७ बजे देखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ ६ बजेसम्म सडक निर्माणको काम हुनेछ। सो समयमा यातायात ठप्प हुनेछ।
बेनी-जोमसोम सडक ४ प्याकेजमा काम भइरहेको छ। निर्माण कम्पनीले म्याग्दीको अन्नपूर्ण -३ र मुस्ताङको थासाङ-४ को सीमाक्षेत्रमा पर्ने बादरजुङ्गेभीरमा सडक चौडा गर्नका लागि रककटिङको काम गरिरहेको छ।
यस्तै, अन्य स्थानमा माटो फिलिङ गर्ने, वाल लगाउने र नाली निर्माण गर्ने काम भइरहेको सुपरभाइजर शेरचनले बताए।
राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकको काम २०७४ सालबाट सुरु भएको हो। बेनी-जोमसोम ४ खण्ड र जोमसोम-कोरला ७ खण्डमा काम सुरु गरिएको हो।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ