एसके थकाली, मुस्ताङ । बेनी-जोमसोम सडकखण्डमा मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ। यो निर्णयसँगै मुस्ताङ प्रवेश गर्ने र बाहिरिने सबै सवारी साधनलाई सडक निर्माणको क्रममा रोक लगाइने छ।
राष्ट्रिय गौरवको बेनीरजोमसोम ७६ किमी निर्माणधिन सडकलाई गतिदिन यो निर्णय भएको निर्माण कम्पनीले जनाएको छ।
जसअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका-१ को तिप्ल्याङ क्षेत्र, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ को बादरजुङ्गे भीर र मुस्ताङको थासाङ गाउँपालिका-४ को घाँसा देखि लेतेसम्मको निर्माणधिन सडकको कामलाई बाधा नपुग्ने गरी दैनिक सडक बन्द गर्ने निर्णय भएको बेनी-जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।
सडक सुपरभाईजर शेरचनले अन्नपूर्णलाई दिएको जानकारी अनुसार अब दैनिक बिहान ७ बजे देखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ ६ बजेसम्म सडक निर्माणको काम हुनेछ। सो समयमा यातायात ठप्प हुनेछ।
बेनी-जोमसोम सडक ४ प्याकेजमा काम भइरहेको छ। निर्माण कम्पनीले म्याग्दीको अन्नपूर्ण -३ र मुस्ताङको थासाङ-४ को सीमाक्षेत्रमा पर्ने बादरजुङ्गेभीरमा सडक चौडा गर्नका लागि रककटिङको काम गरिरहेको छ।
यस्तै, अन्य स्थानमा माटो फिलिङ गर्ने, वाल लगाउने र नाली निर्माण गर्ने काम भइरहेको सुपरभाइजर शेरचनले बताए।
राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकको काम २०७४ सालबाट सुरु भएको हो। बेनी-जोमसोम ४ खण्ड र जोमसोम-कोरला ७ खण्डमा काम सुरु गरिएको हो।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु