स्वचालित मूल्य प्रणालीअनुसार २ हप्तामै इन्धनको मूल्य बढेपछि हवाई सेवाप्रदायक कम्पनीहरूले हवाई टिकटको मूल्य पनि बढाएका छन् । शुक्रवार (आज) देखि लागू हुने विभिन्न सेक्टरमा न्यूनतम रू ३५ देखि अधिकतम रू २२० सम्म भाडा बढेको छ ।
नेपाल आयल निगमले यही फागुन ४ गते हवाई इन्धनको मूल्य रू ६७ पुर्याउँदा हवाई भाडा समायोजन गरेको वायु सेवा सञ्चालक संघले बिहीवार नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
इन्धनको मूल्य बढेसँगै फागुन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर रू ७२ पुगेको छ । हवाई शुल्क यात्रुहरूले तिर्ने कुल रकमबाट नै असुलिन्छ । संघले प्रतिलिटर रू ५ ले बढेकाले स्वचालित प्रणालीअनुसार नै फ्युल चार्ज पनि घटबढ हुने उल्लेख गरेको छ ।
यससँगै सबैभन्दा बढी वृद्धि हुनेमा काठमाडौं–धनगढी सेक्टर रहेको छ । यस सेक्टरको नयाँ सरचार्ज रू २२० ले वृद्धि भई रू ३ हजार १८० कायम भएको छ भने काठमाडौं–माउन्टेन सेक्टरको सरचार्ज रू १७० ले बढेर रू २ हजार ४७० पुगेको छ ।
सबैभन्दा कम भने डोटी–साँफेबगर सेक्टरको रहेको छ । यस सेक्टरमा सरचार्ज रू २० ले बढेर रू ३०० पुगेको छ । अधिकांश सेक्टरको सरचार्ज रू ४० देखि रू ६० ले बढेको संघको जारी सूचनामा उल्लेख गरिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
सम्बन्धित खबर
जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
आजको मौसम पूर्वानुमान
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जलेर नष्ट
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग