काठमाडौं । काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको पनि शुक्रबार विहान मृत्यु भएको छ ।
विमान चालक पति अबिदको मृत्युको खवर पछि सुल्तानकी पत्नी अफ्सना खानमलाई हार्टअट्याक भएको थियो । उपचारको लागि उनलाई राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा भर्ना गरीएकोमा शुक्रबार विहान साढे ९ बजे उनको मृत्यु भएको हो ।

बंगलादेशी सञ्चार माध्यम द डेली स्टारको अनुसार गत फागुन २८ गते काठमाडौंमा मृत्यु भएका पति अबिदको चिहान नजीकै मुस्लिम धर्म अनुसार पत्नी अफ्सना खानमको पनि दाहसंस्कार गरिने छ ।
पतिको वियोग खबर पाएसँगै अचेत रहेकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। विमान दुर्घटनामा चालक दलका सबैको मृत्यु भएको थियो। पहिलो दिन पाइलट क्याप्टेन अबिद सुल्तान अस्पताल भर्ना भएको बताइए पनि भोलिपल्ट उनको मृत्यु भएको बताइएको थियो ।
अविद जिउँदै भएको खबर बाहिरिएपछि अफ्ना केही सम्हालिएकी थिइन् तर पछि उनको पनि मृत्यु भएको खबर आएपछि उनी पूर्ण रुपमा बेहोस भएकी थिईन् ।

दुर्घटना पछिको आगलागीमा परी धेरैले ज्यान गुमाएका थिए। २६ बंगलादेशीको दुर्घटनामा निधन भएको थियो। युएस-बंगलाको फ्लाइट बीएस २११ ढाकाबाट काठमाडौं आएको थियो। विमान ल्यान्डिङका क्रममा दुर्घटनामा परेको थियो।

सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन