वीरगन्ज: विवाह गर्छु भन्ने झुठो प्रलोभन दिइ बालिकाहरुलाई बलात्कार गर्ने दुई युवक पक्राउ परेका छन् ।यसवाहेक २१ वर्षीया विवाहित महिलालाई बलात्कार प्रयासको अभियोगमा अर्का एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का २२ वर्षीय अनिल कुशवाहा, पर्साकै सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ बलुवाका १८ वर्षीय रोशन कुमार यादव र पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ अकुवा टोलका १९ वर्षीय अविषेक दास थारु रहेका छन् ।
वीरगन्ज ३१ का २२ वर्षीय अनिल कुशवाहाले गाउँकै १९ वर्षीया युवतीसँग उनको उमेर २० वर्ष पुगेपछि विहे गर्छु भनी फागुन १६ गते टिकोटालो समेत गरेका थिए ।
अर्कै युवतीसँग बिहे गरेका अनिलले टीकोटालो गरेकी बालिकालाई आफनै घर तथा गाँउको एकान्त स्थानमा बोलाएर पटक पटक जबरजस्ती करणी गरेको थाहा पाएपछि पीडित बालिकाका बाबुले शुक्रबार प्रहरी कार्यालयमा अनिल विरुद्ध उजुरी दिएका थिए ।
त्यही उजुरीको आधारमा प्रहरीले अनिललाई शुक्रबार नै पक्राउ गरेको हो । अनिल विरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाइएको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
यस्तै, पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ बलुवाटोलका १८ वर्षीय रोशन कुमार यादवले १६ वर्षकी बालिकालाई बिहे गर्ने प्रलोभन दिइ फागुन ८ गते राति बालिकाकै घरमा गइ जबरजस्ती करणी गरेका थिए ।
त्यसपछि फागुन १३ गते रोशनले बालिकालाई लालाइ फकाइ घरबाट लिएर भारतको गोरखपुर लगी डेरामा राखेका थिए । डेरामा पनि रोशनले बालिकासंग पटक पटक करणी गरेको आरोप छ ।
बालिका घरमा आएपछि आफुसँग भएको दुष्कर्मका बारेमा अभिभावकलाई बताएपछि पीडित बालिकाका बुबाले शुक्रबार रोशन विरुद्ध उजुरी दिएका थिए ।
त्यही उजुरीका आधारमा प्रहरीले आरोपित रोशनलाई उनकै घरबाट शुक्रबार पक्राउ गरेको हो । रोशन विरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।
यसैगरी, पर्साको पटेर्वासुगौली गाउँपालिका ४ अकुवा टोलका १९ वर्षीय अविषेक दास थारुले फागुन २५ गते गहुँखेतमा घाँस काटिरहेकी २१ वर्षीया विवाहित युवतीलाई जलछार पछार गरी बरजस्ती करणी गर्न खोजेको भन्दै उजुरी परेकव छ ।
पिडितले फागुन २६ गते अविषेक विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । महिलाको उजुरीको आधारमा प्रहरीले आरोपित अविषेकलाई उनको घरबाटै पक्राउ गरेको हो ।
उनी विरुद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो