पोखरा । नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङ गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिबमा नियुक्त भएका छन ।
आइतबार बसेको गण्डकी प्रदेश मन्त्री परिषदको वैठकले गुरुङलाई सदस्य सचिबमा नियुक्त गरेको हो । गण्डकी प्रदेश खेलकूद विकास ऐन २०७७ को परिच्छेद १४ को क बमोजिम गुरुङलाई सदस्य सचिवमा नियूक्त गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण वस्नेतले जानकारी दिए ।
सदस्य सचिबका लागि गुरुङ सहित नवराज अधिकारीले आवेदन दिएका थिए । सदस्य सचिव छनोटका लागि प्रदेश सरकारले सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा तिन सदस्यिय समिती गठन गरेको थियो । समितीको सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुवर र खेल विज्ञ दिल बहादुर गुरुङ रहेका थिए ।
प्रदेश खेलकूदको विकासका लागि कार्ययोजना सहित अघि वढ्ने सदस्य सचिब गुरुङले बताए । उनले ढोरपाटनसंग भने,’मैले सात वुँदे उद्धेश्य सहितका कार्ययोजना प्रदेश सरकारमा पेश गरेको छु, खेलकूद मार्फत प्रदेशको समृद्धीका लागि सवैसँग हातेमालो गर्दै अघि वढ्नेछु ।’
पोखरा महानगरपालिका वडा नं. १६ अर्मलाकोटका गुरुङले पृथ्वी नारायण क्याम्पसको बास्केटबलबाट खेल जीववन शुरु गरेका थिए । लामो समय ह्याण्डबल खेलमा विताएका गुरुङ हाल नेपाल ह्याण्डबल संघको अध्यक्ष र नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष छन् । २०४० सालको दोस्रो वृहत राष्ट्रिय खेलकूदमा गण्डकीलाई ह्याण्डबल खेलबाट स्वर्ण पदक दिलाउन भूमिका खेलेका गुरुङ अग्रेजी र राजिनिति शास्त्रमा स्नातक उर्तिण गरेका छन ।
उनीे भारतको पटियालामा एनआइएस प्रशिक्षणमा गोल्ड मेडलिष्ट हुने पहिलो नेपाली हुन । गुरुङले सन १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल टिमको कप्तानी समेत गरेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’