सल्यानको त्रिवेणी गाउँपालिका – १ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहोराको असफल प्रेमकै कारण हत्या गरिएको प्रहरीले पुष्टि गरेको छ। गत वर्ष फागुन २ गते प्रणय दिवसकै राति भएको कविताको निर्मम हत्याको मुख्य कारण असफल प्रेम नै रहेको पुष्टि भएको कुरा सल्यान प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
कविताको हत्या भएको एक वर्ष एक महिना पछि जिल्ला प्रहरी कार्यालय सल्यानले हत्यामा संलग्न १६ वर्षीय एक किशोरलाई पक्राउ गर्न सफल भएको छ। २०७६ फागुन २ गते प्रणय दिवसको राति साढे १२ बजे कविताको घाँटी रेटेर हत्या गरिएको थियो । प्रहरीले कविताको हत्यामा संलग्न कृष्ण थापालाई फागुन ११ गते पक्राउ गरेको हो ।
‘एक वर्षदेखिको निरन्तरको अनुसन्धानपछि कविता हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भयौं,’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव अतिरिक्त महानिरीक्षक (डिआइजी) वशन्तकुमार पन्तले भने, ‘प्रणय दिवसको दिन प्रेमपत्रको जवाफ नदिएको झोकमा छिमेकी युवकले युवतीको घाँटी रेटेर हत्या गरेको खुल्यो ।’
प्रदेश प्रहरी कार्यालयले कविताको हत्या भएकै दिन फागुन २ गते घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक माधव श्रेष्ठको कमाण्डमा अनुसन्धान टोली गठन गरेको थियो । उनकै निर्देशनमा प्रहरी नायव निरीक्षक नारायण शर्मा र सहायक निरीक्षक प्रेमप्रसाद शर्मा घटनास्थलमा खटिएका थिए । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सल्यानको संयुक्त टोलीले घटनाको एक वर्षपछि हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भयो ।
‘यसअघि भएका विभिन्न अनुसन्धानबाट हत्यारा पत्ता लगाउन सकिएको थिएन्, कञ्चनपुरको निर्मला पन्तको जस्तै नहोस् भन्नेमा हामी सचेत थियौं,’ डिआइजी पन्तले भने, ‘प्रदेश र जिल्लाको टोलीले तीन दिनभित्रै हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भयो ।’
युवक र हत्या गरिएकी किशोरीको घर नजिकै छ । उनीहरु एउटै विद्यालयमा अध्ययनरत थिए । युवकले पटक–पटक प्रेमपत्र लेखेर दिएका थिए । त्यसको जवाफ कविताले दिइनन् । ‘प्रणय दिवसको दिन प्रेमपत्रको जवाफको प्रतिक्षामा थिएँ,’ युवकले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘उनी अर्कैलाई मन पराउने गरेको थाहा पाएपछि खुकुरीले रेटेर हत्या गरेको हुँ ।’ प्रहरीका अनुसार हत्या हुँदाको राति कविता घर नजिकै रहेको गोठको पछाडीको ढिस्कोमा बसेर कसैसँग कुरा गरिरहेकी थिइन् ।
‘घरभित्रै पसेर आक्रमण गर्ने योजना थियो,’ प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘बाहिर कसैसँग कुरा गरिरहेको देखेपछि पछाडीबाट सुरुमा टाउकोमा कुखुरीले हाने, बारीमा ढलेपछि घाँटी रेटेको हुँ ।’
बयानका क्रममा युवकले घर नजिकैको खोल्सामा खुकुरी पखालेको र कपडाहरु सुत्ने कोठाको कुनामा लुकाएको बताएका थिए । उनको बयानकै आधारमा प्रहरीले खुकुरी र कपडा पनि बरामत गरेको थियो ।
सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले पटक–पटकको असफल प्रेम, हत्या गरिएकी युवकी अर्कैसँग प्रेममा रहेको थाहा पाएपछि उत्पन्न भएको जलन, ‘मेरी हुन नसके कसैकी हुन दिन्नँ’ भन्ने प्रतिवादीको अठोटका कारण घटना भएको बताए । उनी जिल्ला अदालत सल्यानको आदेशपछि सुधार गृहमा छन् ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन