पोखरा एयरपोर्ट नजिकको सडक भएर आवतजावत गर्नेहरु आज साँझ अचम्मित भए । एयरपोर्ट भित्रबाट स्पिकरमार्फत् ठूलो आवाज आइरहेको थियो । भित्र हेर्दा धावनमार्ग नजिकै हवाइजहाज जस्तो आकृति देखिन्थ्यो र त्यसमा दनदनी आगो दन्किरहेको थियो । धुवाँको मुस्लो निस्किएको थियो । एयरपोर्टभित्र ठूलै दुर्घटना भएको उनीहरुले अनुमान लगाए । ठूलो आवाजमा मान्छेहरु ‘हेल्प हेल्प, बचाउ बचाउ’ भनिरहेका थिए ।
मानिसहरु आत्तिए । कसैले दमकललाई, कसैले प्रहरीलाई फोन गर्न थाले । त्यतिनै बेला साइरन बजाउँदै दमकलहरु दौडन थाले । सबैले आज एयरपोर्टमा कुनै अप्रिय घटना भएकोमा निश्चित भए जस्तो लाग्थ्यो । तर, एयरपोर्टमा कुनै पनि अप्रिय घटना भएको थिएन ।
हवाईजहाजको आपतकालिन उद्घार सम्बन्धी अभ्यास भइरहेको थियो । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्धारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यास गरेको हो ।

बेलुकी चार बजेपछि पोखरा एयरपोर्टमा नमूनाको रुपमा जहाज दुर्घटना गराइयो । त्यसपछि उक्त जहाजमा आगलागी पनि भयो । आगो निभाउनका लागि दमकलको सहारा लिइयो । त्यस्तै, घाइतेको उपचारका लागि एम्बुलेन्स पनि गुडे ।
यी सबै घटना नमुनाको रुपमा गरिएको थियो । अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु लगायत खटिएका थिए । यसको पूर्व तयारी अन्तर्गत सोमवार र मंगलवार सामान्य अभ्यास समेत भइसकेको थियो । दुर्घटना भएको खण्डमा पूर्वतयारी स्वरुप यस्तो अभ्यास गरिएको हो ।
यस्तै, उद्धार अभ्याससँगै चार दिने विपद् उद्धारकर्मीको क्षमता विकास तालिमको समापन गरिएको छ ।

सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो