भारतमा आज नयाँ कोराना भाईरसबाट संक्रमित हुनेहरुको सँख्या ३५ हजार ८ सय ७१ पुगेको छ। यो सँख्या गत ३ महिनामा सबैभन्दा बढी हो। नयाँ कोरोना भाईरसबाट सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन। त्यहाँ कूल संक्रमित मध्ये ६५ प्रतिशत भएको पाईएको हो।
भारतमा कोरोना भाईरसको दोश्रो लहर सुरु भएको मानिएको छ। भारतमा कोरोना भाईरसको दोश्रो लहरले धेरै मानिसहरुको ज्यान जान सक्ने अनुमान गरिएको छ। अनुसन्धानकर्ताहरुले कोरोनाको दोश्रो लहर पहिलोभन्दा ज्यादा खतरनाकतथा ज्यान लिने खालको साबित भएको जनाएका छन। युरोप समेत विश्वभरका ६४ देशमा कोरोना महामारीको दोश्रो लहर सम्बन्धमा गरिएको अध्ययनबाट यस्तो आंकलन गरिएको हो।
युनिभर्सिटी अफ सिडनी र युनिभर्सिटी अफ सिन्हुवाले अमेरिकातथा युरोपमा कोरोनाबाट भएको मृत्यूको विश्लेषण गरेको थियो। यस्तै स्पेनिस फ्लु र कोरोनाबाट भएको मृत्यू बारे पनि विश्लेषण गरिएको थियो। यसप्रकारको अध्ययनपछि जुन देशमा कोरोना भाईरसको दोश्रो लहर आयो त्यँहा भयाबह स्थिति हुने आंकलन गरिएको छ।
भारतमा कोरोनाले फेरि एकपटक तिब्र रुपमा महामारीको संकेत देखाएको छ। महाराष्ट्रमा सबैभन्दा बढि संक्रमित रहेका छन। जसको कारण नागपुर र अकोला समेत कयौं जिल्लामा लकडाउन लगाईएको छ। यस्तै पुनादेखि औरङ्गाबादमा रात्री कर्फ्यू जारी गरिएको छ। मध्य प्रदेशको भोपाल र ईन्दौरमापनि रात्री कर्फ्यू लगाईएको छ। कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या बढेपछि भारतमा फेरि सर्वसाधारणहरुको जीवन सामान्य हुन नसक्ने संकेत देखिएको छ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ