पोखरा । जर्वजस्ती कारणीको आरोपमा मुद्धा खेपिरहेका व्यक्तिको परिवारसँग सेटिङमा रकम असुलेको आरोपमा अधिवक्ता लक्ष्मीप्रसाद घिमिरे पक्राउ परेका छन् । पोखरामा ओम ल फर्म सञ्चालन गरेर बसेका लमजुङका ५८ वर्षीय घिमिरेलाई बैदाम क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पोखराकी १७ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी अभियोगमा एक ५७ वर्षीय पुरुष पक्राउ परेका थिए । ति पुरुषकी श्रीमतीसँग पोखराकै सूर्यलाल खड्का र हेम्जा बस्दै आएका धादिङका कमानबहादुर तामाङले भेटेर रकम दिएमा केस मिल्ने बताएका थिए ।
खड्का र तामाङलाई पक्राउ गरी उनीहरुसँग बयान लिँदा घिमिरेको नाम मुछिएपछि उनलाई पनि पक्राउ गरिएको हो । १२ लाख रुपैयाँको चेक र १ लाख २० हजार नगदसहित दुई जना पक्राउ परेका थिए ।
मुद्धा मिलाएर लाखौं रकम असुल्ने दाउ गरेका खड्का र तामाङले मुद्धा परेर हिरासतमा रहेका पुरुषकी श्रीमतीसँग सेटिङ मिलाउँदै थिए । दबाब, प्रभावमा पार्न खोजेको भन्दै उल्टै आफन्तले प्रहरीकहाँ उजुरी दिएपछि घटना बाहिरिएको हो ।
घिमिरेमाथि ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिएका छन् । घटनाको अनुसन्धानका क्रममा खड्का र तामाङको सेटिङ अधिवक्ता घिमिरेसँग देखिएकोले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो