पोखरा । नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री गगन कुमार थापाले कास्की निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा खाली भएकाले अब छिट्टै निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा विघटन भएसंगै नेकपाबाट निर्वाचित भएकाको सांसद पद पनि गुमेको भन्दै अब सांसद मान्न नसकिने स्पष्ट पारे । यसको सोझो अर्थ, विद्या भट्टराईलाई सांसद मान्न नसकिने उनको अभिव्यक्ति हो ।
नेपाली कांग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोश्रो भेला एवं अधिवेशन उद्घाटन गर्दै नेता थापाले उपनिर्वाचनमा नेकपाबाट निर्वाचित सबै सांसद र स्थानीय निकायका जनप्रतिनिधिको पद गुमेको बताए ।
अब आफ्नो क्षेत्रको सांसद छान्ने अधिकार यहाँकै जनताको भएको उनले बताए । उनले कांग्रेसले वर्तमान प्रधानमन्त्री ओली नेकपाको तर्फबाट प्रधानमन्त्री बनेको भन्दै नेकपा विसर्जन भइसकेकाले अब उनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिक हैसियत नभएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भएको भन्दै नेता थापाले आफूले शोक व्यक्त गरे पनि नेकपाकै नेता कार्यकर्ताले शोक मनाउनुको साटो लोकगीत बजाएर नाचगान र लड्डु खाने काम गरेको टिप्पणी गरे ।
उनले कम्युष्टिको भाग लिएर कांग्रेस धेरै समय सत्तामा बस्न नहुने भन्दै अहिले एउटा महान अवसर आएको र यो अवसरलाई कांग्रेसले सही ढंगले सदुपयोग गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टीले आफ्नो निर्णय गर्न ढिलाई गरेको भन्दै उनले ओलीलाई समर्थन गरे पनि या कांग्रेस माओवादी जसलाई समर्थन गरे पनि छिटो निर्णय गर्नुपर्नेमा जोड दिए । ‘कसलाई समर्थन गर्ने हो या आफै अघि सर्ने हो, जे गरे पनि छिटो निर्णय गर्नुपर्यो’, उनले भने, ‘जति अलमल हुन्छ देशले त्यति नै धेरै क्षति व्यहोर्छ ।’
कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई चुनावमा लैजानुपर्ने बताए । नेता थापाले कांग्रेसले सरकारको नेतृत्व गरेर दायाबायाँ नगरिकन जनतालाई सुशासन दिने, संविधानलाई लिकमा ल्याउने र देशलाई चुनावमा लैजाने काम मात्रै गर्ने स्पष्ट पारे ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा