काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन अब दुई साता मात्र बाँकी छ । प्रहरी महानिरीक्षक (आईजीपी) का लागि सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नाम चयन गर्ने अन्तिम तयारीमा रहेको खबर ।
आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रूपमा प्रस्तुत गरिएको थियो । अब बस्ने मन्त्रीपरिषद्ले उनको नाम टुंगो लगाउने जानकारी उच्च स्रोतबाट आएको छ । यी मध्ये खरेल र खनाल आईजिपी रेसमा छन् ।
जनआकांक्षा अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै जना जनप्रिय प्रहरी अधिकारी खरेल र खनाललाई प्रहरी महानिरिक्षक (आईजीपी) बनाउने चतुर निर्णय लिएका छन् । अहिले सरकारले रमेश खरेललाई जिम्मेवारी दिने र उनी सेवा अवधिका कारण खनालभन्दा एक बर्षपहिले अवकाश पाउने भएकाले उनको अवकाशपछि सर्वेन्द्र खनाललाई जिम्मेवारी दिने गरी सबैको मन बुझाइसकेको जनाइएको छ । यदि सवेन्द्र खनाल भए भने रमेश खरेल डिआईजीबाटै घर जानेछन् । तर खरेल भए भने खनाल आईजीपी हुनेछन् ।
वरीयताका आधारमा अहिले सर्वेन्द्र खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ २०४६ मा प्रहरी निरीक्षक बनेका थिए । खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् । उनी १ फागुन २०४५ मा नै असईबाट प्रहरी सेवा प्रवेश गरेका कारण खनाल र कार्की भन्दा अगाडी नै सेवा अवधिका कारण अवकास लिन्छन् । तर खरेलपनि खनाल र कार्कीसँगै इन्सपेक्टर बन्न सफल भएका थिए ।
खरेलकोे अवकाशपछि २०७५ फागुन १ पछि खनाललाई आईजीपी बनाउने बचनका साथ ओलीले प्रहरी संगठनभित्रपनि मिलाइसकेको बुझिएको छ । खरेल र खनालसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका थिए । डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्बरमा छन् । उनी भने चर्चा मै आउन सकेनन् ।
रमेश खरेल र उत्तम कार्की दुवै जना प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाले उनीहरूले क्रमशः १ फागुन २०७५ र ३० असार २०७५ मा अवकाश पाउनेछन् । यी चारै जना सँगै डीआईजीमा बढुवा भएका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सम्म भने खनालभन्दा खरेल वरिष्ठतामा अगाडि थिए । तर पछि उनलाई पछाडी पारियो । २०७५ मा उनी अवकाश पाएपछि पालो आउनेछ । सर्वेन्द्र खनालको । खनाललेपनि छोटो समय नेतृत्व पाउनेछन् ।
नेपाल प्रहरीमा यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने छ । यसअघि प्रकाश अर्याललाई डीआईजीबाटै आईजीपी बनाइएको थियो । गृह मन्त्रालयले हालसम्म कसैलाई पनि विशेष पद सिर्जना गरेर अतिरिक्त महानिरीक्षक ९एआईजी० नबनाइसकेकाले यसपटक पनि डीआईजीबाटै आईजीपी बनाइने भएको हो ।
सम्बन्धित खबर
सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने, विद्यार्थी काउन्सिल राख्ने
भदौ २४ को घटनाबारे छानबिन गर्न सरकारले एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति बनाउने
बालेन सरकारको निर्णय : दलीय ट्रेड युनियन खारेज गर्ने
‘भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ’
ओली र लेखक पक्राउसँगै कांग्रेसमा समानान्तर गतिविधि सुरू, बेग्लाबेग्लै विज्ञप्ति
ओली-लेखक पक्राउ अपरिपक्व निर्णय: पूर्वराष्ट्रपति भण्डारी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष