बन्दुकधारीको गोलीले प्रहरीसहित ६ जनाको मृत्यु

बन्दुकधारीको गोलीले प्रहरीसहित ६ जनाको मृत्यु

22colorado-shooting-jumbo1616463417

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित कम्तिमा ६ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार सोमबार दिउँसो साढे तीन बजेतिर बन्दुकधारीले ग्रोसरी स्टोरमा गोली चलाएका हुन्।

द न्युयोर्क टाइम्सका अनुसार शंकास्पद बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी घाइते छन्। उनले किन आक्रमण गरेका हुन भन्ने खुलिसकेको छैन।

राष्ट्रपति जो बाइडेनलाई घटनाबारे ब्रिफिङ गरिएको छ।

सर्वसाधारणले बन्दुक राख्न पाउने कानुनी व्यवस्था भएको अमेरिकामा बेला-बेलामा यस्ता आक्रमणका घटनाहरू हुने गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds