जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभित्र अत्यावश्यक बाहेकका भेला तथा जमघट नर्गन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा आज बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण दिनदिनै बढ्न थालेको भन्दै अनावश्यक सभा समारोह तथा भेला नर्गन अनुरोध गरेको हो ।
गृह मन्त्रालयले दिएको निर्देशन कास्कीमा पनि पूर्णरुपमा कार्यान्वयन गर्ने भन्दै अत्यावश्यक बाहेकका सबै भेला, जमघटमा प्रतिवन्ध लगाउने निर्णय बैठकले गरेको हो ।
विशेषगरी होलिलाई मध्यनजर गर्दै बैठकले होली मनाउदाँ स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्नुपर्ने बताएको छ । बैठकले सबै किसिमका आवागमन र भेटघाटमा मास्कको अनिवार्य एवम् उचित प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।
होटल, रेष्टुरेन्ट, सरकारी तथा गैर सरकारी कार्यालयहरु, शैक्षिक संस्था, व्यवसायिक फर्म एवम् बैंक तथा वित्तिय संस्थाहरुमा स्यानिटाइजर, मास्क, सामाजिक दुरी लगायतको मापदण्ड पूर्ण पालन गर्न गराउन अनुरोध गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले विज्ञप्तिमार्फत् जानकारी दिए ।
बैठकमा पोखरा महानगरका मेयर मान बहादुर जिसी, जिल्ला समन्वय समितिका प्रमुख बैन बहादुर अधिकारी क्षेत्री, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत बैठकमा सहभागी थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो