थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ। जसका लागि नेपाल नतिजा आफ्नो पक्षमा पार्न चाहन्छ। प्रतियोगिताको फाइनल पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा निकाल्नु पर्नेछ। त्यसैले यस खेल नेपालका लागि महत्वपूर्ण रहेको छ।
नेपाली राष्ट्रिय टिममा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्य रहेको बताईसकेका छन्।
बंगलादेशसँग कसरी हुन्छ राम्रो प्रदर्शन गरेर अंक लिने र फाइनल पुग्ने लक्ष्य रहेको छ, महर्जनले किर्गिस्तानसँगको खेलपछि भनेका थिए।
बंगलादेश भने यस अघि नै फाइनल पुगिसकेको छ । जसको कारण बंगलादेश नेपालविरुद्ध डररहित मैदान उत्रनेछ।
बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यू-२३ टिमलाई १-० ले हराएको थियो । नेपालले भने किर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेको थियो।
प्रतियोगितामा बंगलादेशले १ खेलमा ३ अंक जोडेको छ। नेपालले १ खेलमा १ अंक जोडेको छ। किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ।
किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । नेपाल बंगलादेशसँग दुई भन्दा बढी गोल अन्तरले पराजित भएको खण्डमा किर्गिस्तान फाइनल पुग्नेछ। राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला