एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे। चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे। साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे। उनीहरू ढुंगा, बालुवा भरिएको ट्र्याक्टर लिएर गल्याङ नगरपालिका–८ बग्रान्तीतर्फ लागे।
ट्र्याक्टर गुडिरहेकै बेला एक सहचालक १९ वर्षे गणेश गाहा भुइँमा खसेर घाइते भए। त्यसपछि चालकले ट्र्याक्टर फर्काए। घाइते अवस्थामा रहेका गाहालाई ट्र्याक्टरमै राखेर कालीगण्डकी नदीको साखरघाट पुर्याए। तब चालकले काँधमा हालेर लगे अनि नदीको बहावसँगै बगाइदिएको पाइएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। त्यही घटनाका एक आरोपित व्यक्ति हुन्, सहचालक २१ वर्षे सुनील राना। उक्त घटना सुनाएपछि दिदीले नै उनलाई प्रहरीमा पुर्याएका थिइन्।
घटनापछि राना चालक २४ वर्षे अमित परियारको घरमा बसेका थिए । परियार भोलिपल्ट बिहानै बुटवलमा ससुरालीको घरतर्फ लागे। राना भने पाल्पास्थित दिदीको घरमा पुगे। त्यहाँ बस्दै गर्दा उनलाई उकुसमुकुस भयो। अन्ततः उनले दिदी देवी घिमिरेलाई घटनाको वास्तविकता सुनाए । उनले दिदीलाई भने, ‘मेरो सहायताले चालक अमित परियारले काँधमा बोकेर लगी अस्ति राति घाइते गणेशलाई कालीगण्डकी नदीमा फालिदिए।’
उनी घटना सुनेर झस्किइन्। गाहालाई भाइसरह सम्झिइन्। यस्तो घटना लुकाउन हँुदैन भन्ने ठानेर उनले प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिइन्। त्यसपछि भाइलाई लिएरै प्रहरी चौकीमा पुगिन्। भाइले गरेको गल्तीको कानुनी उपचार पाउनुपर्छ भन्दै उनी अघि बढिन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन