यात्रुबाहक बसबाट ४३ लाख र ९ वटा छड्के तिलहरीसहित एक जना पक्राउ

यात्रुबाहक बसबाट ४३ लाख र ९ वटा छड्के तिलहरीसहित एक जना पक्राउ

chor

काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट ४३ लाख नगद र ९ वटा छड्के तिलहरीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उप–महानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

शनिबार तुलसीपुरबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बसबाट उक्त सामान बरामद गरिएको हो ।

प्रहरीका अनुसार बसको यात्रु हिँड्ने प्यासेजमा टेपले बेरेर राखिएको कार्टुनमा हरियो रङको ९ वटा छड्के तिलहरी, १ हजारको ३९०० थान, ५ सयको ८०० थान गरी ४३,००,००० ९त्रिचालिस लाख० फेला परेको हो ।

पक्राउ परेका सन्दिपलाई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ