मकवानपुरको भिमफेदी सानुटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर–१ सानुटारमा कन्टेनर ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ सिचाई टोल बस्ने २४ बर्षीय अनिश खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार राति भिमफदीको भैसेबाट हेटौंडातर्फ आउदै गरेको ना ५ख ८१२९को ट्रक र विपरीत दिसाबाट जाँदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्किएर दुर्घटना भएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएको कन्टेनर सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक अविनास अधिकारीले जानकारी दिए ।
उक्त दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा कन्टेनरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२२ दुई नम्बर पुल बस्ने अन्दाजी ३२ वर्षका मधुकर विष्ट र कन्टेनरका मालिक मकवानपुरको भिमफदी गाउँपालिक वडा नम्बर–२ बस्ने वर्ष २८ का सुरेश घलान रहेको प्रहरी निरिक्षक अधिकारीले जनकारी दिए ।
घाइते चालक विष्ट हेटौंडास्थित चुरेहिल अस्पताल र अर्का घाइते घलानको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
मृतक खड्काको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन