पोखराको पृथ्वीचोकबाट लागु औषधसहित दुई जना पक्राउ

पोखराको पृथ्वीचोकबाट लागु औषधसहित दुई जना पक्राउ

arrested

सांकेतिक तस्विर

पोखरा – पोखराको पृथ्वीचोकबाट अवैध लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।

आइतबार अन्दाजी ३: ३० बजेको समयमा पोखरा महानगरपालिका -९ पृथ्वीचोकमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा बारा जिल्ला कलैया -५ घर भएका २० वर्षीय गोविन्द शाह र सोही ठेगाना भइ वडा नं -११ बस्ने वर्ष २० कै मनु गिरीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट अवैध लागु औषध नाईट्रोभ्याट ४७ एम्पुल वरामद गरेको जनाएको छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ