पोखरामा जारी १९ औ संस्करणको आहा ! रारा गोल्डकप फुटबलमा अफ्रिकन रुट एसोसियसनद्वारा मछिन्द्र फुटबल क्लब पराजित भएको छ।
पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट अन्तिम चारमा पुगेको हो । जीतसँगै अफ्रिकन रुट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
अफ्रिकनलाई जीत दिलाउन मौसा र एनजिमीले एक एक गोल गर । मछिन्द्रका अभिषेक रिजालले एक गोल फर्काए। क्यामरुनी खेलाडीले भरिएको अफ्रिकनले २३ औं मिनेटमा मौसाको गोलबाट अग्रता बनाएको थियो ।
उनले डि–बक्स भित्र पाएको अवसरलाई सहजै गोलमा परिणत गरे। खेलको ८२ औं मिनेटमा डिजोमोको पासलाई सदुपयोग गर्दै एनजिमीले गोल गर्दै टिमको अग्रता २–० को बनाए।
खेलको इन्जुरी समयमा अभिषेकले एक गोल गरेपनि मछिन्द्र २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। सुनिल बलको पासमा रिजालले पोस्टको दिशा दिएका थिए।
शनिबार भएको पहिलो खेलमा जीत निकाल्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ । अब सोमबार हुने तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्नेछन्।
अन्तिम क्वाटरफाइनलमा थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला