जनताका प्रिय लालबाबु पण्डित अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् । एकातिर स्थानीय निकायमा कर्मचारी अपुग छ । अर्कोतिर, घर जाने बेला भएकाले समेत ७ वर्षको एकमुष्ट उपदान पाउने गरी राज्य नै कंगाल हुने अवस्था हुन नदिन स्वेच्छिक अवकाशमा मन्त्री पण्डितले कडाई गरेपछि कर्मचारीको होसहवास् उडेको छ । यसैबेला कर्मचारीका नेताहरु लालबाबुमाथि खनिन थालेका छन् । कामचोर प्रवृत्तिका कर्मचारी पनि उत्तिकै आक्रोशित छन् ।
मन्त्री पण्डितका स्वकिय सचिव ओसिम आलम हुन् । केहि अनलाइनबाट उनका बारे समाचार प्रकाशित भएपछि आलमले यसको खण्डन गरेका छन् । यसलाई उनले लालबाबु पण्डितलाई असफल पार्ने षड्यन्त्रका रुपमा लिएका छन् । उनको प्रष्टिकरण उनकै शब्दमा:
‘नेपालमा इमान्दारिताका साथ प्रत्रकारिता गर्ने साथीहरुलाई म के आग्रह गर्न चाहन्छु भने गलत मानिसले गर्दा पत्रकारिता क्षेत्र नै बदनाम भएको छ । गोजीमा बोकेर हिँड्ने अनलाइनहरुले गर्दा साच्चिकै पत्रकारिता गर्ने र जनता र देशको हक हितका लागि सही सूचना प्रदान गर्ने संस्था तथा व्यक्तिहरुको पनि छवी धमिलो हुने भएकाले म के आग्रह गर्छु भने त्यस्तालाई पत्रकारका संघ संस्थाहरुले कारबाही गर्नुपर्छ । अर्काको चरित्र हत्या गर्ने खालका गलत र भ्रामक समाचार बनाउनेहरुलाई नियन्त्रण गरिएन भने अन्य राम्रा मिडियाप्रति पनि आम जनमानसको नजर खराब हुन्छ ।
भ्रामक र गलत समाचार बनाएर ओसिम आलमको चरित्र हत्या गर्ने जुन काम भएको छ, एक रुपैया पनि गलत काम गरेको प्रमाणित गरे म सजाय भोग्न तयार छु । नभए प्रेस काउन्सिलले ती मानिसहरुलाई कारबाही गर्नुपर्छ । प्रत्रकार हुँ भनेर जे पनि गर्न पाउने अधिकार कसैलाई छैन । यसको प्रेस कान्सिलमा मुद्दा दर्ता गरेको छु । अब म अदालत जान्छु । एक रुपैयाँ खाएको प्रमाणित भए म पार्टीगत तथा व्यक्तिगतरुपमा जे सजाय हुन्छ भोग्न तयार छु । मेरो बुझाई के हो भने गलत मानिसहरुको संयन्त्र जहाँपनि हुन्छ ।
संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंग जोडिएर ओसिम आलमको चरित्र हत्या गर्न पाइयो भने गलत नियत र व्यबहार गर्नेहरु सफल हुन पाईन्छ भन्ने देखिएको छ । केही ३१ जना अधिकृतको सरुवा गरेको समाचार सबैभन्दा पहिले नयाँ पेज अनलाइनको प्रवीन कुलुङ राईलाई मैँले दिएको हुँ । त्यो सरुवा भएको समाचार वेबसाइटमा पहिले हालेको छ । वेवसाइटमा हालेको न्युज बदलिन्छ ? जो मानिसले मिडियामा यो यो सरुवा भए भनेर दिन्छ । त्यही मानिसले बदल्छ ?
यो भनेको अहिले जनताको काम गर्न जान नचाहने कर्मचारीहरु, राज्यले खटाएको ठाउँमा जान नचाहने कर्मचारीको मिलेमोतोमा भ्रामक र मन्त्रीज्यूलाई सफल हुन नदिने नियतले समाचार बनाइएको हो । प्रधानमन्त्री र मन्त्रीले खटाएको ठाउँमा जान नचाहने, काठमाडौँमा मात्रै घुम्न रुचाउनेहरुले सिर्जना गरेको भ्रम हो । यसमा कुनै शंका छैन । पत्ता लगाउँदै छौँ । पत्ता लागे पछि उनीहरुलाई कारबाहीको दायरामा ल्याउछौं । केही यस्ता खराब र नियोजित रुपमा सत्य भन्दा फरक असत्यलाई बोकेर हिँड्ने र लाग्ने व्यक्तिहरुको कारण नेपाली पत्रकारिता क्षेत्र बदनाम नहोस् । त्यस्ता व्यक्तीहरुलाई कारबाही गर्नैपर्छ ।’

सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ