आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा अफ्रिकन रुट्सलाई पराजित गर्दै संकटाले उपाधि जितेको हो ।
१९ औं संस्करणको फाइनलमा निर्धारित ९० मिनेट थप गरिएको ३० मिनेटको समयमा १—१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटन धकेलिकएको थियो ।
पेनाल्टी सुटआउटमा ४—२ गोल अन्तरले विजयी हुँदै संकटाले उपाधि चुमेको हो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे ।
सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए । अफ्रिकनका यानिक र रिमले मात्र गोल गर्न सके । पेनाल्टी अघि खेलको १० औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुटलाई १–० को अग्रता दिलाएका थिए ।
खेलको २१ औं मिनेटमा अफ्रिकनले अग्रता दोब्बर बनाउने मौका गुमायो । संकटाका डिफेन्डरबीच तालमेल नमिल्दा डिबक्स भित्र प्राप्त बलमा अनमार्क रहेका बासेकले गोल गर्न सकेनन् । खेलको ५१ औं मिनेटमा संकटाका ग्लोरीले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।
उपाधिसँगै संकटा आहा रारा गोल्डकपको नयाँ विजेता बन्यो ।
उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो