झापा । मेचीनगर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष तिलक न्पौपाने पक्राउ परेका छन् । रक्सी खाएर कार्यालय गएका न्यौपानेले कार्यालय समयमा मदिरा खाएर तथानाम बोलेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए ।
गत असार १४ गते भएको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचत भएका न्यौपाने पहिलेदेखि नै रक्सी खाने गरेका थिए । उनी बाहुनडाँगी गाविसको पूर्व उपाध्यक्ष समेत हुन् । त्यस समयमा पनि मादक पदार्थ खाएर गाउँमा सास्ती दिँदै आएका थिए ।
बुधवार जिल्ला समन्वय समितिकी सदस्य गंगा कार्कीसहित पुगेका स्थानीय व्यक्ति तथा वडा सदस्यहरुलाई समेत उनले मातेको सुरमा तथानाम बोलेका थिए । निर्वाचित भएपछि लगातार रुपमा रक्सी खाँदै आएका न्यौपानेलाई यस अघि पार्टीले धेरै पटक सम्झाउँदै आएको थियो ।
यो घटनाले मेचीनगर २ को पार्टी पङक्तिमा समेत ठूलो धक्का पुगेको छ । नेपाली काङ्ग्रेसका हिम्मत क्षेत्री र माओवादीका उत्तम सिठुङलाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका थिए ।
कार्यालय समयमा रक्सी खाएर जाने गरेका न्यौपानेको गतिविधिले कार्यालयका कर्मचारीलदाई समेत हैरान भएका छन् । उनीहरुले बारम्बार सम्झाउँदा पनि नटेरेको कर्मचारीहरु बताउँछन् ।
उनी दैनिकी जसो रक्सी खाएर कार्यालय जाने गरेका थिए । स्थानीयले प्रहरीलई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टंकप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि उनले आफुलाई जनताले निर्वाचित गरेर जिम्मेवारी लिएकाले पक्रनु पर्ने कुनै कारण नभएको बताएका थिए ।
प्रहरीले उनलाई निकै समय लगाएर पक्राउ गरेको थियो । उनको यो गतिविधिले स्थानीय जतना समेत आजित भएका छन् । बिहानदेखि रक्सी खाएर बस्ने न्यौपानेले वडा सदस्यहरुप्रति पनि दैनिक जसो तथानाम बोल्ने गरेका थिए ।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन