गण्डक न्युज पोखरा, १५ चैत / नेपाल र भारतका बीचमा भएका असमान सन्धि र सम्झौताहरु खारेजी तथा पुनरावलोकन गर्दै दुवै मुलुकलाई समान हित हुने किसिमका नयाँ सन्धि सम्झौता गर्नुपर्नेमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले जोड दिएका छन् ।
नागरिक समाज पोखराको सातौं साधारणसभामा प्रमुख अतिथि श्रेष्ठले नेपाल र भारतका बीचमा भएका अधिकांश सन्धि÷सम्झौताहरु नेपालको हितमा नरहेकाले त्यस्ता सन्धिरसम्झौता खारेज वा पुनरावलोकनका लागि नेपालले सशक्त कदम चाल्नुपर्नेमा जोड दिए । उनले १९५० को सन्धीको धारा १० ले संशोधनको छुट नदिएकाले यसलाई खारेजी नै गरेर बरु नयाँ समान हैसियतको सन्धी गर्नुपर्ने बताए ।
नेपालको सीमामा भारतले अतिक्रमण गरिरहेको उल्लेख गर्दै उनले दुई देशका विज्ञहरु बसेर अन्तर्रा्ष्ट्रिय नक्साअनुसार सीमांकनको काम टुंगाएमा हाल भारतले अतिक्रमण गरेको नेपाली भूभाग नेपालले नै पाउने बताए । उनले सुगौली सन्धिमा गुमेको नेपाली भूभाग फिर्ता पाउन नेपालले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालेमा गुमेको भूमि नेपालकै हुने जनाए । चीनले आफ्नो भूभाग हङकङलाई लामो समयपछि ब्रिटिशबाट फिर्ता लिएको उदाहरण दिँदै उनले नेपालले पनि पहल गरेमा फिर्ता आउने जनाए ।
‘सीमा भनेको संवेदनशील तत्व हो । सीमा मिचिए जनताको भूगोल फेरिन्छ । मुलुकको क्षेत्रफल साँघुरिन्छ ।’ उनले भने – ‘यो समस्या कुटनीतिक तबरले नै सल्टाउने हो । २ सय नम्बरको जंगे पिल्लरका कारण गोविन्द गौतम जस्ता होनहार युवाले गत वर्ष ज्यान गुमाउनुप¥यो । अवोध नागरिकले मृत्युवरण गरे । यसरी हुँदैन ।’
सीमाविद् श्रेष्ठले सिंगापुर, मलेसिया जस्ता देश एउटै व्यक्तिका कारण बनेकाले नेपालमा पनि त्यस्ता व्यक्तिको खाँचो औंल्याए । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन गर्दा मुलुक नै उज्यालो भएको भन्दै उनले यस्ता व्यक्तिहरुले आफ्ना विभाग व्यवस्थापन गरेमा मुलुक यसै समृद्ध बन्ने उल्लेख गरे ।
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते