पोखरा । पोखरा एमआरआई डाइग्नोस्टिक सेन्टरले गण्डकी प्रदेशमै पहिलो २ सय ५६ स्लाइसको सिटी स्क्यान सुरु गरेको छ । पोखराको न्यूरोडमा आफ्नै सभाहलमा शनिबार एक कार्यक्रमका बीचमा पोखराकै पहिलो फिजिसियन डाक्टर कुमार शमशेरले रिबन काटेर विधिवत् रुपमा उद्धघाटन गरेका हुन् ।
पोखरा र गण्डकी प्रदेशभरकै बिरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो सेवा दिने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो । सजिलै प्राप्त गर्न सकिने सेवाको लागि विभिन्न ठाउँमा धाइरहनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै पोखरामै सो सेवा सञ्चालनमा ल्याएको एमआरआई डाइग्नोस्टिक सेन्टरका मेनेजिङ डाइरेक्टर सुमिरन श्रेष्ठ बताए ।
विगत ३ वर्षदेखि एमआरआई सेवा दिँदै आइरहेको उक्त सेन्टरले आजदेखि सिटी स्क्यान पनि थालेको हो । यो गण्डकी प्रदेशकै ठूलो सिटि स्क्यान भएको सञ्चालको दाबी छ । ‘विशेष गरी मुटु, मस्तिष्क, फोक्सो, पेट र हाल खुट्टाको रगतका नशाहरु लगायत शरिरका विभिन्न अंगहरुको क्यान्सर र बच्चाहरुको लागि कम विकिरण दिएर सिटि स्क्यान गर्ने सुुविधा चौविसै घण्टा उपलब्ध दिने उद्देश्यका साथ हामी आएका छौं,’ श्रेष्ठले भने ।

मुटुको जाँच, रगत, नशाको जाँच कोरोनरी एन्जियोग्राफी लगायतका सेवा पोखरामै दिने उद्देश्यका साथ पोखराका बरिष्ठ डाक्टरहरुद्वारा विगत ३ वर्ष देखि १.५ टेस्लाका एमआरआई मेमोग्राफी यूएसजी गाइडेड बायोप्सीको सुविधा दिँदै आइरहेको थियो । आईएसओ प्राप्त गर्ने प्रक्रियामा रहेको डाइरेक्टर श्रेष्ठले बताए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु