बुद्ध एयरले पोखराबाट चार नयाँ गन्तव्यमा उडान गर्ने भएको छ। हाल अधिकांस उडान काठमाडौंबाट देशका विभिन्न गन्तव्यमा उडान गर्दै आएको बुद्धले अबदेखि काठमाडौं बाहिर पोखराबाट अर्को शहरमा पनि उडान गर्ने योजना बनाएको हो।
पोखरा-भैरहवा, पोखरा-सिमरा, पोखरा-नेपालगञ्ज,पोखरा-विराटनगर उडान गर्ने बुद्धले घोषणा गरेको छ। भरतपुर-भैरहवा पनि उडान गर्ने जनाएको छ ।
यही मे १ देखि नयाँ गन्तव्यमा उडान सुरु गर्ने बुद्धले जानकारी दिएको छ। नयाँ गन्तव्यको उडान बिचक्राफ्टबाट हुने बुद्धले बताएको छ। सुरुमा यी सबै गन्तव्यमा हप्ताको तीन उडान गर्ने र यात्रुको चाप बढ्दै गएपछि दैनिक उडान गर्ने एयरलाइन्सको योजना छ।
यात्रुको माग बढ्दै गएर दैनिक उडान हुने अवस्था आएमा एटिआर-७२ जहाजबाट उडान सुरु गरिने बुद्धका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ।
बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।
न्यूनतम भाडा
पोखरा-नेपालगञ्ज : रु ४५००
पोखरा-विराटनगर: रु ६०००
पोखरा-सिमरा: रु ४३००
पोखरा- भैरहवा: रु ३१००
भैरहवा-भरतपुर: रु २५००
विराटनगर-तुम्लिङटार: रु ३१००
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो