पोखरा । पोखराका ८ व्यावसायिक फर्मलाई कारबाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट आएको निर्देशकसहितको टोलीले बजार अनुगमनका क्रममा नियम विपरीत कार्य गरेको पाइएका पोखरा महानगरभित्रका ८ व्यावसायिक फर्मबाट साढे ५ लाख जरिवाना गराएको हो ।
टोलीले अनुगमन गर्ने क्रममा कानुन विपरीत कार्य गरेको भेटेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना तोकिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । अनुगमनका क्रममा सामान्य कमजोरी भएकालाई तत्काल सुधार गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ ।
पोखरा महानगरपालिका क्षेत्रभित्रका प्रशोधित खानेपानी उत्पादक, निर्माण सामग्री बिक्रेता, औषधी बिक्रेता, बेकरी उद्योग, फ्रेस हाउससमेतका केही उद्योग प्रतिष्ठानमा अनुगमन गरिएको थियो । ती प्रतिष्ठानहरुमा बिल बिजक जारी नगरेको, उपभोग्य म्याद नाघेको वस्तु बिक्रीमा राखेको, कानुन बमोजिम दर्ता नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको भेटिएको थियो ।
अनुगमनमा केन्द्रबाट आएको टोलीसहित जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय पोखरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पोखरा एवं राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिको संलग्नता थियो ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन